Saturday, April 17, 2021
Home > जीवनशैली > साउदी हिँडेका १२० जना नेपाली त्रिभुवन विमानस्थलमबाटै फर्किन परेपछि…

साउदी हिँडेका १२० जना नेपाली त्रिभुवन विमानस्थलमबाटै फर्किन परेपछि…

काठमाडौं। कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी आतंककाबीच साउदी अरेवीया सरकारले आप्रवासी आवागमनमा कडाइ गरेको छ। आप्रवासीमाथिको कडाइसँगै फ्लाई दुवईबाट साउदी जान लागेका १ सय २० जना नेपाली श्रमिकको उडान रद्ध भएको छ। म्यानपावर व्यवसायीका अनुसार सोमबार साउदी जान लागेका करीब १ सय २० श्रमिकको उडान रद्ध भएको हो। तत्कालका लागि फ्लाई दुवई साउदीमा रोक लगाइएको छ ।

यसरी साउदी प्रवेशमै रोग लगाइएकाे हुँदा सो फ्लाईमार्फत सोमबार साउदी जान लागेका करिब १ सय २० जनाको उडान रद्ध भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए।

हाल साउदीमा युएई, बहराइन, कुवेत हुँदै साउदी अरेयिबा जाने यात्रुहरु ३ वटा एअरपोर्टबाट मात्रै भित्रिन पाउँछन्। साउदीले किङ खालिद इन्टरनेशनल एअरपोर्ट, किङ अब्दुल्लाजिज इन्टरनेशनल एअरपोर्ट, किङ फहाड इन्टरनेशनल एअरपोर्टमात्र खुल्ला गरेको छ। इजिप्ट हुँदै साउदी अरेविया प्रवेश गर्ने यात्रुहरुले स्वास्थ्य परीक्षणको प्रमाणपत्र अनिवार्य बोक्नुपर्ने व्यवस्था गरिएको छ।

हाल साउदीमा युएई, बहराइन, कुवेत हुँदै साउदी अरेयिबा जाने यात्रुहरु ३ वटा एअरपोर्टबाट मात्रै भित्रिन पाउँछन्। साउदीले किङ खालिद इन्टरनेशनल एअरपोर्ट, किङ अब्दुल्लाजिज इन्टरनेशनल एअरपोर्ट, किङ फहाड इन्टरनेशनल एअरपोर्टमात्र खुल्ला गरेको छ। इजिप्ट हुँदै साउदी अरेविया प्रवेश गर्ने यात्रुहरुले स्वास्थ्य परीक्षणको प्रमाणपत्र अनिवार्य बोक्नुपर्ने व्यवस्था गरिएको छ।

नेपाल एयरलाइन्सद्वारा दोहा उडान स्थगित

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण निगमले आजैदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो ।

कतारले कोरोना भाइरसको सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएपछि निगमले उक्त मुलुकको उडान स्थगन गर्नुपरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । ‘कतारले अस्थायी प्रतिबन्ध लगाएका १४ देशमध्ये नेपाल पनि एक भएकाले नेपालीले पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगन गर्नुपरेको हो’, निगमको विज्ञप्तिमा भनिएको छ ।

निगमले २०७६ फागुन २६ गते र सो भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पूरै उपलब्ध गराइने जनाएको छ । त्यस्तै टिकटको उडानको मिति दुई पटकसम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको जनाएको छ । निगमले हालसम्म दोहाका लागि हप्तामा सातै दिन उडान गर्दै आएको थियो ।

Leave a Reply