Tuesday, April 20, 2021
Home > जीवनशैली > तिमी विदेशमै बसिरहने अनि म चै बच्चाको आमा कहिले हुने भन्दै मेसेज लेखेकि श्रीमतिले एक्कासी घर छाडेपछि… (भिडियो हेर्नुस्)

तिमी विदेशमै बसिरहने अनि म चै बच्चाको आमा कहिले हुने भन्दै मेसेज लेखेकि श्रीमतिले एक्कासी घर छाडेपछि… (भिडियो हेर्नुस्)

फाल्गुण २७, सुनवल । गीता सुनारको भर्खरको उमेरकी थिइन् । उनको सुनवलका लालवहादुर (गोपाल) सुनारले विवाह गरेका थिए । विवाह गरेर घरमा गीतालाई छोडेर लालवहादुर विदेश गए । उनी बेलाबखत घरमा भने आइरहन्थे । तर एक दिन उनकी श्रीमती घरमा ७० वर्षकी सासुलाई एक्लै छाडेर हिडिन् । माइत जान्छु भनेर हिडेकी गीताले त्यसको तीन दिन पछि जेठाजुको छोरालाई कृष्ण सुनार मोवाइलमा म्यासेज लेखिन् ।

म्यासेजमा उनले मलाई अब नखोज्नु म हिडे भनेर लेखेकी थिइन् ।उनी माइत गुल्मी समेत नपुगेको थाहा भएपछि सोधीखोजी भयो । भतिजा कृष्णले गीताको भाईलाई माइतमा फोन गरेर आन्टी घरमा हुनुहुन्न माइत आउनु भएको छ की छैन ? भनेर सोध्दा माइत पनि नपुगेको थाहा भएको हो ।

उनले फेरी अर्को म्यासेज लेखिन् दराजको चावी ढोकामा छ, दराजमा मैले पत्र लेखेर छोडेको छु । त्यो पत्रमा मैले घर छोडेर हिड्नसको कारण पनि लेखेको छु भनेर म्यासेज गरिन् । उनले पत्रमा आफ्नो आर्थिक ब्यवहारको कुरा पनि लेखेकी थिइन् । उनले करिब तीन पाना पत्र लेखेकी थिइन् । पत्र अहिले प्रहरीले राखेको छ । पत्रमा मलाई घर छोडेर हिड्ने मन नभएको भएपनि श्रीमानले नै सानो सानो कुरामा झगडा गर्ने, अनावश्यक आरोप लगाउने गरेका कारण घर डो,ड्न बाध्य भएको लेखिएको छ ।

विवाह गरेको ९ वर्ष सम्म पनि उनीहरुको सन्तान भएका थिएनन् । छोरा दुवईमा छन् । उनी पछिल्लो समय २ वर्ष देखि दुवईमा छन् । उनी घर आउन खोजेका थिए तर वुहारीले घरमा धेरै ऋण तिर्न छ किन अहिले नै घर आउछौ र भनेर बुहारीले भनेपछि छोराले पनि भिषा बढाएर बसेको बताएकी थिइन् ।

एक महिना अघि माइत जान्छु भनेर हिडेकी बुहारीको खबर नआएपछि सासु र भतिजाले गीताको माइतीमा खबर गरिदिए । विदेशमा भएका छोराले बुहारीको खबर बुझ्न अह्राएका छन् । वुहारीले छपक्कै गहना लगाएर गएको सासुले बताएकी छन् । माइती पक्षले पनि आफुहरुसंग सम्पर्क नभएको भनेपछि उनी खोजिमा छन् । बुहारीले गाउँभरी ऋ,ण लिएर ढु,कु,टी खेल्ने गरेकी थिइन् ।

त्यसरी ढु,कु,टी खेलाएको करिब ६ लाख रुपैया र आफुले लगाएको सुन पनि लिएर गएको बताइन् । उनि जाँदा लगाउने कपडा पनि धेरै नै लिएर गएको सासुले बताइन् । करिब २७ वर्षको बुहारी विवाह गर्दा १८ वर्षकी थिइन् । आफुले मन पराएर भित्र्याएकी वुहारी अचानक घर छोडेर हिडेपछि ७० वर्षकी सासु अहिले घरमा एक्लिएकी छन् ।

गीता त्यसरी हिडेको भएपनि आफ्नो काकाले गीतालाई खोजेर घर फर्काएर ल्याउन भनेको खबर पनि कृष्णले म्यासेजमा लेखेर पठाएको बताए अरु मानिसलाई थाहा भएको छैन, मन दुखाएर कतै गएकी हो भने फिर्ता लिएर आइज भनेर काकाले भनेको उनले बताए । उनले काकी (आन्टी) को अन्य चालचलनको बारेमा अरु केही त्यस्तो थाहा नपाएको बताए ।

भिडियोः

Leave a Reply