Tuesday, April 20, 2021
Home > समाचार > दुःखद खबरः बलेरो जिप दुर्घटनाः ४ जनाको अवस्था गम्भिर

दुःखद खबरः बलेरो जिप दुर्घटनाः ४ जनाको अवस्था गम्भिर

गोरखा, २७ फागुन । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ छहरेखोलास्थित सिम्बमा आज बिहान बलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । रन्चोकबाट गोरखा सदरमुकामतर्फ यात्रु लिएर आउँदै गरेको बा१५च १०१६ नंको जिप उकालोमा पछाडि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीयवासी सन्तबहादुर गुरुङले जानकारी दिए । दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

जिप सडकबाट झण्डै ५० मिटर पछाडि खसेको गुरुङले बताए । ‘घाइतेमध्ये दुई जनाको दातसमेत झरेको अवस्था छ, घटनालगत्तै प्रहरीसमेत घटनास्थलमा आइपुगिसकेको छ’, उनले भने । दुर्घटनामा बारपाक सुलिकोट गाउँपालिका–४ की १९ वर्षीया विमला गुरुङ, सोही ठाउँकी ६० वर्षीय बुद्वबहादुर गुरुङ, २० वर्षीया रमा गुरुङ, ३३ वर्षीय श्रीमान् गुरुङ, २३ वर्षीय विनोद गुरुङ, ६० वर्षीया क्षेत्रकुमारी गुरुङ, ३७ वर्षीया टेकमाया गुरुङ, टेकमायाकी छोरी छ वर्षीया सुनिता गुरुङ र ७३ वर्षीया सुकमाया गुरुङ घाइते छन् ।

अन्य घाइतेमा सौरपानीकी ५२ वर्षीया राजकुमारी गुरुङ र चालक ४० वर्षीय आनन्दकुमार गुरुङ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुकबहादुर विकले जानकारी दिए । घाइतेमध्ये विमला, रमा, क्षेत्रकुमारी र सुकमाया गुरुङको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो । घाइते सबैको टाउको, छाती र खुट्टामा चोट देखिएको सौरपानी प्रहरीले जानकारी दिएको छ । घाइतेको हेलिकोप्टरबाट उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ । रासस

अरबी मुलुकमा उडान रोक्ने लेबनानको घोषणा

बेरूत, २६ फागुन । लेवनानको राष्ट्रिय ध्वजावहाक विमान कम्पनीद्वारा साउदी अरब, कुबेत र कतारका लागि भर्दै आएका उडान अर्को सूचना नभएसम्मका लागि रोक्ने निर्णय गरेको छ । कोरोनाभाइरसको सङ्क्रमणले विश्वव्यापी रूप लिँदै गएपछि लेवनानले यो निर्णय लिएको यहाँको टेलिभिजन च्यानल एलबीसीआईले कम्पनीका अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ ।

उक्त विमान कम्पनीले उडान रोक्ने निर्णय हुनुभन्दा पहिले नै बेचिएका मार्च ३१ सम्मका टिकटको पैसा फिर्ता गर्ने वा पुनः त्यसपछि गर्न सकिने उडानका लागि मिलान गर्ने बताएको छ । यसअघि लेबनानका लागि साउदी अरबका राजदूत वालिद अल–बुखारीले कोरोना भाइरसको सङ्क्रमण विश्वव्यापी बनिरहेका समय आफ्नो देशले लेबनानसँगको सामुद्रिक तथा हवाई यात्रामा रोक लगाउने बताएका थिए ।

लेवनानमा सोमबारसम्ममा ३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । सिन्ह्वा

Leave a Reply