Sunday, November 28, 2021
Home > समाचार > नेपालका गुगल ब्वाई अादित्य मोरङमा फेरि यसरी प्रख्यात भए…

नेपालका गुगल ब्वाई अादित्य मोरङमा फेरि यसरी प्रख्यात भए…

सिजुवा, माेरङ / नेपालका गुगल ब्वाई भनेर चिनिने आदित्य दाहाललाई मोरङको रतुवामाई नगरपालिकमा विशेष स्वागत सम्मान तथा साक्षत्कार कार्यक्रम गरिएको छ । रतुवामाई नगरपालिका कार्यलयमा आयोजित कार्यक्रममा आदित्य दाहाललाई नगर प्रमुख रविन राई, उप प्रमुख दयन्त देवी चुडाल, प्रमुख प्रसाशकिय अधिकृत मदन घिमिरे रतुवामाई नगरका कर्मचारी र जनप्रतिनिधी हरुले पुष्प गुच्छाले स्वागत गरेका थिए ।

कार्यक्रममा आदित्य संरक्षण प्रतिष्ठानका संस्थापक सदस्य उद्धव केसीले गुगल ब्वाई आदित्य दाहालको बारेमा जानकारी दिदै आचार्यले २०७१ साल असार ३ गते ज्ञान प्राप्त गरेको , आदित्य आचार्यको चमत्कारी ज्ञान तथा सन्देशलाई प्रवाह गर्न आदित्य संरक्षण प्रतिष्ठान गठन गरिएको बताउनु भयो । सनातन धर्मको संरक्षणको लागि शान्ती र मन्दीर अध्यात्म मुख्य ध्येय भएको जानकारी दिनु भयो ।

गुगल ब्वाई आदित्य दाहालको परकल्पनामा आदित्य निवासमा विश्वको आठौ आश्चर्यमा पर्ने त्रि गजुरिय शिवालय मन्दिरको निर्माण भईरहेको बताउनु भयो । गुगल ब्वाई भनेर चिनिने आदित्य दाहालको बारेमा पुस्तक कलीयुगको आदित्य ज्येती पथ नामक पुस्तक प्रकाशीत भईसकेको र अर्को प्रकाशनको क्रममा रहेको बताउनु भयो । नगर प्रमुख रविन राईले गुगल ब्वाई आदित्य दाहाललाई नगरको अवस्था र भावी योजनाको बारेमा बताउनु भएको थियो । बाल गुरु आदित्य आचार्यको मावली घरको साईनो नगर सँग जोडीनु नगरको गौरवको विषय भएको बताउनु भयो । वहाँले नगरको समृद्धिको लागि कामना गरिदिन पनि गुरु आदित्य दाहाल सँग आग्रह गर्नु भयो ।

प्रत्युत्तरमा बालगुरु आदित्य दाहालले कल्याण होस, शुभ होस विश्वनाथ बाबाले यो धर्तीको कल्याण गरुन भनि कलमले लेख्नु भएको थियो । साथै कलीयुगको आदित्य ज्येती पथ नामक पुस्तक नगरका प्रमुख र उप प्रमुखलाई उपहार दिनु भयो । कार्यक्रममा बाल गुरु आदित्यका परिवार साथै आदित्य संरक्षण प्रतिष्ठानका सदस्य हरुको पनि उपस्थिती रहेको थियो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!