Tuesday, April 20, 2021
Home > अन्तराष्ट्रिय > सँसार चकित पार्ने यस्तो घटनाः … जसले आफ्नै आमासँग विवाह गरिन्

सँसार चकित पार्ने यस्तो घटनाः … जसले आफ्नै आमासँग विवाह गरिन्

काठमाडौं – यतिबेला फेरि एउटा अचम्मको घटना घटेको छ । धर्मपुत्री बनाएकी एक महिलाले समलि’ङ्गी सम्बन्ध राख्दै आमासँगै विवाह गरेकी छन् । फिलिसले उनकी समलि’ङ्गी साथी लिलियनलाई धर्मपुत्री बनाए पनि अन्ततः त्यो सम्बन्ध समलि’ङ्गी विवाहमा परिणत भयो । सन् १९७१ मा महिलामुक्ति आन्दोलनको प्रारम्भिक वर्षमा क्यालिफोर्निया स्टेट युनिभर्सिटीकी प्राध्यापक लिलिअन फेडर्मनले केन्द्रकी प्राज्ञिक निर्देशक फिलिस इर्विनसँग सम्पर्क गरेकी थिइन्।

सुरुमा एउटा नयाँ शैक्षिक कार्यक्रम थाल्ने विषयमा कुराकानी भयो। तर यो आधा शताब्दीसम्म चल्ने एउटा प्रेमकथाको प्रारम्भिक बिन्दु समेत बन्यो । लिलिअन र फिलिसको भेट भएको बेलामा अमेरिकाका सबै राज्यमा एलजीबीटीक्यू अर्थात् समलि’ङ्गी र द्विलिङ्गीसँग भेदभाव गर्ने कानूनहरू भएपछि फिलिसले ११ बर्ष कान्छी साथी लिलयनलाई धर्मपुत्री बनाएकी थिइन् ।

क्यालिफोर्नियाले सन् १९७५ मा समलै’ङ्गिक सम्बन्धलाई अनुमति दिने कानून पारित गरेको थियो। उक्त कानुन त्यसको एक वर्षपछि कार्यान्वयनमा आयो । सन् २००८ मा जब क्यालिफोर्नियाले समलैङ्गिक विवाहलाई अनुमति दियो लिलिअन र फिलिसले विवाह गरेर जीवनसाथी बनेका हुन् ।

कतार एयरवेजको अप्रिल ३० सम्मका रद्द टिकट निःशुल्क रि–बुकिङ गर्न सकिने

कतार एयरवेजले रद्द भएका टिकट निःशुल्क फेरि बुकिङ गर्न पाउने बताएको छ। कोरोना भाइरसको कारण ७ मार्चअघि जारी भई अप्रिल ३० सम्मका टिकट रि–बुकिङ गर्न पाउने बताएको हो। एयरवेजलले चीन, हङकङ, इरान, इटालीबाट उड्ने र अवतरण हुनेलाई मे ३१ सम्म बुकिङ गर्नसक्ने उल्लेख गरेको छ। त्यस्तै दक्षिण कोरिया जाने÷आउने १५ मेसम्म र इजिप्टको लागि १ महिना मात्रै पछि सार्न सक्ने बताएको छ।

‘प्रभावित हुने यात्रुले फरक दिन र फरक गन्तव्यको लागि पुनः टिकट बुकिङ गर्नसक्ने वा कुनै शुल्क नकटाई पैसा फिर्ता पाउन सकिने छ,’ एयरलाइन्सले उल्लेख गरेको छ। माथि उल्लिखित देशबाहेक अन्य देशको लागि यो पोलिसीले कभर नगर्ने बताएको छ ।

Leave a Reply