Tuesday, April 20, 2021
Home > समाचार > झापामा यस्तोः इन्स्पेक्टरले पत्रकारलाई १० हजार घू`स दिन खोजेपछि…

झापामा यस्तोः इन्स्पेक्टरले पत्रकारलाई १० हजार घू`स दिन खोजेपछि…

झापा (भद्रपुर) : पत्रकारलाई घु`स दिन खोज्ने इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भुवनबाबु खड्कामाथि छानबिन शुरू भएको छ। थाहा खबरमा इन्स्पेक्टरले पत्रकारलाई १० हजार घू`स दिन खोजेपछि‘ भन्ने शीर्षकमा समाचार प्रकाशन भएलगतै प्रहरी कार्यालय झापाले इन्स्पेक्टर खड्कालाई आइतबार बेलुका काँकडभिट्टाबाट जिल्ला तानेर छानबिन शुरू गरेको हो। वास्तविकता के हाे छिट्टै पत्ता लगाएर सार्वजनिक गरिनेछ ।

इन्स्पेक्टरले पत्रकारलाई १० हजार घू`स दिन खोजेपछि

पत्रकारलाई घु`स दिने घटना बाहिर आए लगतै प्रहरी कार्यालय झापाले इन्स्पेक्टर खड्कामाथि छानबिन शुरू गरिसकेको बताउँदै प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले भने, ‘इन्स्पेक्टर खड्कालाई प्रहरी कार्यालय झापा झिकाइसकेका छौ, अहिले उनीमाथि आन्तरिक छानबिन भइरहेको छ, छानबिन पश्चात् सङ्गठनको नीति बमोजिम कारबाही हुन्छ।’

जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइराला बिदामा भएकोले प्रहरी नायव उपरीक्षक श्रेष्ठले घ`ट्नाको सत्य तथ्यसहितको प्रतिवेदन तत्काल पेस गर्न इप्रका काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेललाई लिखित निर्देशन समेत दिइसकेको छ। इन्स्पेक्टर खड्काले स्थानीय पत्रकार खगेन्द्र घिमिरेलाई १० हजार घु`स दिएर नाकाबाट हुनै अवै`ध धन्दाको बारेमा समाचार नलेख्नु भनेर प्रस्ताव राखेका थिए।

प्रहरी निरीक्षक खड्काले शनिबार साँझ ६ बजेको समयमा इलाका प्रहरी कार्यालयभित्र आफ्नो कोठामा बोलाएर पत्रकार घिमिरेलाई राखेको यस्तो प्रस्ताव उनले ठाडो अस्वीकार गरेपछि घट`ना बाहिर आएको हो।

दोहास्थित नेपाली दूतावास – काम परे फोन गर्नू, सिधै दूतावासमा नआउनू

कतारमा कोभिड १९ (कोरोना भाइ`रस)को संक्र`मणको त्रा`सका कारण कतारस्थित नेपाली दूतावासले अत्यावश्यक कामबाहेक सिधै दूतावासमा नआउनू भन्दै सूचना जारी गरेको छ। कतार सरकारले अपनाएको सतर्कता र संवेदनशीलतालाई मध्यनजर गर्दै आवश्यक काम परे फोनमार्फत नै खबर गर्न दूतावासले सूचना जारी गरेको हो। सूचनामा भनिएको छ, ‘अत्यावश्यक अवस्थाबाहेक भेटघाट वा भौतिक सम्पर्क नराख्नु हुन र एक आपसमा टेलिफोन वा इमेलमार्फत सम्पर्क गर्नुहुन अनुरोध छ।

दूतावासबाट प्राप्त हुने सेवाका सम्बन्धमा समेत आवश्यक जानकारी लिनुपरेमा भौतिक रुपमा राजदूतावासमा आइराख्नुपर्दैन। कतारमा ३ आप्रवासीसहित १५ जनामा कोरोना भाइ`रसको पुष्टि भएको भन्दै नेपाली दूतावासले यो अवस्थामा कतार सरकारले नेपालसहित १४ वटा मुलुक वा ती मुलुक हुँदै कतार प्रवेश गर्ने व्यक्तिलाई सोमबारदेखि लागू हेने गरी अस्थायी रुपमा रोक लगाएको जनाएको छ ।

कतार सरकारले अपनाएको सतर्कता र संवेदनशीलतालाई मध्यनगर गर्दै अत्यावश्यकबाहेक एक आपसमा भौतिकरुपमा नभइ टेलिफोन वा इमलेमार्फत सम्पर्क गर्न दूतावासले कतारस्थित नेपाली समूदायलाई अनुरोध गरेको हो ।

नेपालसहित १४ देशका नागरिकलाई कतारमा प्रतिबन्ध
साथै दूतावासबाट प्रवाह हुने सेवाका सम्बन्धमा समेत आवश्यक जानकारी लिनु परेमा भौतिक रुपमा दूतावास पुग्नुनपर्ने र सोको जानकारी दूतावासको फोन नम्बर ४४६७५६८१÷४४६७५६८३ ÷४४१७१९६२ मार्फत लिन अनुरोध गरेको छ । यस्तै दूतावासको इमलेमा पनि सम्पर्क गर्न सकिने सोमबार जारी सूचनामा उल्लेख छ ।

Leave a Reply