Friday, April 16, 2021
Home > राशिफल > ०७६ फाल्गुन २७ गते मंगलबार ई. स. २०२० मार्च १० तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

०७६ फाल्गुन २७ गते मंगलबार ई. स. २०२० मार्च १० तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

आजको पञ्चाङ्ग: बि.सं.२०७६ फागुन २७ मंगलवार , इ.सं. २०२० मार्च १० ,शक संवतप्-१९४१,नेपाल संवत-११४० चिल्लागा,परिधावी संवत्सर,उत्तरायण,ऋतु-शिशिर,चैत्र कृष्णपक्ष तिथि,प्रतिपदा , २१:३२ बजे उप्रान्त द्वितीया,नक्षत्र-उत्तरफाल्गुनी , २४:२२ बजे उप्रान्त हस्त,योग-शूल , १४:१९ बजे उप्रान्त गण्ड-करण,वालव १०:४३ बजेदेखि कौलव , २१:३२ बजे उप्रान्त भद्रा,चन्द्रराशि-सिंह,आनन्दादी योग-धाता,सूर्योदय- ६:३१,सूर्यास्त- १८:०९, दिनमान-२९ घडी ३० पला व्रत/पर्व-तराईमा होलीपर्व। गणगौरपूजा प्रारम्भ। वसन्त-तैलाभ्यंग (तेल घस्ने)। आँपका मुजुरा खाने दिवस। नालास्थित मत्स्येन्द्रनाथको स्नान (नालान्हवँ)। चँकयात। धुलयाँत। त्रिपुष्कर योग २१:३२ देखि २४:२२ बजेसम्म।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – समाजमा आफ्नो खुबि प्रयोग गरि नाम कमाउन सकिनेछ । बिवाद तथा प्रतिष्पर्धामा अरुलाई उछिन्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । व्यापार व्यावासायमा लगनशिल तथा ईमान्दारिताका साथ लाग्नाले मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरियो यात्रा गर्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – बिद्या तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै परिवार तथा गुरुवर्गहरुका अगाडि प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ भने तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट लामो समय सम्म आम्दानि भईरहनेछ । बिहानको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा जनतको आलोचना सहितको समर्थन पाईनेछ । आमा तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) – खोज तथा अनुशन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिय पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार,आफन्त तथा आमासँग घरायसि कुरामा बिवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा पति पत्निबिच सामान्य मनमुटाव बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे आम्दानि गर्न सक्नेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – रोकिएका कामहरु बन्ने तथा नया काम सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा नजिक हुने तथा जीवन साथिको सहयोगले उत्तम काम गर्न सकिनेछ । समस्या समाधानका लागि चालिएका कदमबाट परिणाममुखि नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे आम्दानि हुनेछ । छोटो दुरिको उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – समाजमा आफन्त तथा आत्मिय मित्रका साथ सुमधुर सम्बन्ध स्थापना गर्न सकिनेछ । अध्ययनमा प्रशस्त समय दिन सकिने हुँनाले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ भने बुद्धिमता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । असहज परिस्थितिको सामना गर्नुपरेपनि सार्थक नतिजा निकाल्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । पारिवारिक माहोलमा जमघट भई नयाँ साथिहरु बनाउँन सकिने तथा स्वादिष्ट भोजन ग्रहण गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) – समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचना सहनुपर्नेछ । व्यापारमा भनेजस्तो नहुँदा रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा घर भित्रकै मानिसहरुले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुख पाईनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला समस्या बल्झन सक्छ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब बढ्नेछ भने पति पत्निबिचको सम्बन्धमा दरार आउँन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) – बिद्या तथा प्रतिश्पर्धामा सहभागि भए पनि नतिजा आफुतिर ल्याउन राम्रै मेहनेत गर्नुपर्नेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने दैनिक काम गर्न असहज महशुस हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) – बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ भने परिवारजनको आवस्यक्ताहरु पुरा गर्न सकिने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुँने तथा आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । बुवा तथा आफन्तबाट तपाईले थालनि गर्नुभएको काममा सहयोग तथा समर्थन पाईने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) – नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरीको गतिलो सम्भावना रहेकोछ । स्रोत साधन जुट्नाले व्यापार व्यावसायमा सोचेभन्दा बढिनै आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिन हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । सामाजमा तपाईको काम देखि सबै प्रशन्न हुनेछन् भने मान सम्मान तथा ईज्जत प्रतिष्ठा बढेर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) – घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – अन्य क्षेत्रमा ध्यान जादा पढाई लेखाईमा अरुभन्दा पछि परिन सकिन्छ । लामो दुरिको व्यावसायिक यात्रा हुँने भए पनि उपलब्धि न्यून हुँने तथा खर्च बढ्ने हुँदा मन खिन्न हुनेछ । भौतिक साधन तथा धन सम्पति हात लाग्ने भएपनि सहिरुपमा प्रयोग गर्न नजान्दा दुर्घटना हुँन सक्छ ध्यान दिनुहोला । पारिवारिक माहोलमा दिन बित्ने तथा स्वादिष्ट भोजन खाने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउँन सक्छ ख्याल गर्नुहोला ।

Leave a Reply