Tuesday, April 20, 2021
Home > अन्तराष्ट्रिय > यी आठ वर्षीया बालिका जसले प्रधानमन्त्री मोदीले दिएको ’सम्मान’ अस्वीकार गरेपछि एकाएक सँसारभर भाइरल बनिन्

यी आठ वर्षीया बालिका जसले प्रधानमन्त्री मोदीले दिएको ’सम्मान’ अस्वीकार गरेपछि एकाएक सँसारभर भाइरल बनिन्

बीबीसी । प्रिय नरेन्द्र मोदीजी, यदि तपाईँले मेरो आवाज सुन्नुहुन्न भने कृपया मलाई बधाई नदिनुहोस्। प्रेरणादायी महिलाहरूमा मलाई पनि राख्नुभएकोमा धन्यवाद। कैयौँ पटक सोचेपछि मैले यो सम्मान अस्वीकार गर्ने निर्णय गरेँ। यसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव अस्वीकार गर्ने आठ वर्षीया बालिका लिसिप्रिया कन्गुजम हुन्। उनको अहिले संसारभर चर्चा भइरहेको छ । लिसिप्रिया भारतको पूर्वोत्तर राज्य मणिपुरकी एक बालिका हुन्।

उनी पर्यावरणसम्बन्धी मुद्दामा निकै सक्रिय भएको उनको सामाजिक सञ्जालको एकाउण्टवाट देखिन्छ । उनी सन् २०१९ मा अन्तर्राष्ट्रिय बाल शान्ति पुरस्कारबाट सम्मानित भएकी थिइन्। भारत सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ट्विटरमा विभिन्न क्षेत्रमा क्रियाशील महिलाहरूको नाम प्रस्तुत गरिरहेको छ।

भारत सरकारले आफ्नो नाम पनि उल्लेख गरेपछि लिसिप्रियाले धन्यवाद त भनिन् तर त्यो सम्मान स्वीकार नगर्ने बताइन्। उनले लेखिन्, प्रिय नेता र राजनीतिक पार्टीहरू, मलाई यसको निम्ति प्रशंसा चाहिँदैन। यसको साटो आफ्ना सांसदलाई जारी संसद् सत्रमा मेरो आवाज उठाउन भन्नुहोस्। मलाई आफ्नो राजनीतिक लक्ष्य र प्रचारबाजीको साधनको रूपमा उपयोग नगर्नुहोस्। म तपाईँको पक्षमा छैन। उनले प्रधानमन्त्री मोदी र सांसदहरूसँग जलवायु परिवर्तनसँग सम्बन्धित कानुन बनाउन माग गरिरहेकी छन्।

उनको यस्तो निर्णयको अहिले संसारभर चर्चा भइरहेको छ । धेरैले उनको प्रशंसा गरेका छन् भने केहीले आशंका जनाएका छन् । केहीले उनलाई भ्रममा राखिएको भन्दै टिप्पणी गरेकी छन् । केहीले त्यो ट्वीट उनले लेखेकोमा आशङ्का व्यक्त गरेका छन्। उनको नाममा चलाइएको सामाजिक सञ्जाल ट्विटरमा उनका अभिभावकले त्यस्तो म्यासेज लेखेको हुनसक्ने आशंका केहीले ब्यक्त गरेका छन् ।

केहीले उनले भारत सरकारको अपमान गरेको भन्दै पनि टिप्पणी गरेका छन् । उनको तुलना स्वीडनकी वातावरण अभियानकर्मी ग्रेटा टून्बेर्गसँग पनि गरिन्छ।तर लिसिप्रियाले त्यो मन पराउँदिनन्। उनी आफ्नै परिचय भएको बताउँछिन्। उनले ट्विटरमा आफूलाई एक बेघर पर्यावरण कार्यकर्ताु भनेकी छन्।

Leave a Reply