Saturday, April 17, 2021
Home > भिडियो > चितवनमा फेरि यस्तो घटना: ७० तोला सुन र ७ लाख पैसा चोरेकाे सिसिटीभीमा यस्तो देखियो (भिडियो हेर्नुस्)

चितवनमा फेरि यस्तो घटना: ७० तोला सुन र ७ लाख पैसा चोरेकाे सिसिटीभीमा यस्तो देखियो (भिडियो हेर्नुस्)

चितवन । चितवन तथा आसपासका क्षेत्रहरूमा विगत केहि महिना अगाडिदेखि विभिन्न खाले घटनाहरू घटिरहेका छन् । यस्तै पूर्वी नवलपरासीको गैंडाकोटस्थित गहना पसलबाट गएराति ७० तोला सुन र ७ लाख नगद चोरी भएको छ । गैडाकोटको कांग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलबाट चोरी भएको पसलका संचालक उमेश गहतराजले बताए । आइतबार बिहान पसल खोल्न आउँदा चोरी भएको थाहा भएको थियो ।

इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी निरीक्षक चन्द्र थापाले चोरी भएको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको बताए । प्रहरीले चोरी भएको पसलमा रहेको सिसिटीभी र बजारको सिसीटिभी फुटेजको निगरानीबाट गरिरहेको थापाले जानकारी दिए ।

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका– ४ कांग्रेस चोकमा रहेको एक सुनचाँदी पसलमा चोरी भएको हो । मोनिका सुनचाँदी पसलमा ठुलोमात्रामा चोरी भएको हो भने आज ९ दिन पछी नारायणी नदि किनारमा लकर को बक्सा गाडेर राखेको अवस्थामा फेला परेको छ। तर अहिले पत्ता लगाएको सेट पनि स्थानीय प्रशासनले पत्ता लगाएको बताएका छन।

त्यस्तै यस घटना लाइ बिज्ञ सहित कुकुर लेराएर छानबिन गर्न पर्ने भन्दै पिडित पक्षले अडान गरेका छन। त्यस्तै सिसिटिभीमा पनि सबै प्रस्ट देखिएको छ। फाल्गुन १८ गते विहान करिब २ बजेतिर उमेश गहतराजले सञ्चालन गर्दै आएको पसलबाट सुनचाँदी चोरी भएको हो। प्रहरीले घटनाबारे अनुसन्धान सुरू गरेको छ।

भिडियो हेर्नुहोसः

पूर्वयुवराज पारस शाहलाई यस्तो जटिल समस्या
पूर्वयुवराज पारस शाहलाई दुई पटक हृदयघात भइसकेको छ । उनलाई एक पटक विदेशमै रहँदा हृदयघात भएको थियो भने एक पटक नेपालमै रहँदा हृदयघात भएको हो । उनलाई अहिले फेरी अर्को जटिल प्रकारको रोग पार्किन्सन्स भएको चर्चा चलेको छ । जटिल किसिमका हृदयघातको सामना गरेका पूर्वयुवराज पारसलाई पार्किन्सन्स भएको बताइएको छ ।

यद्यपि यसबारे पूर्वयुवराज पारस तथा पूर्वराजपरिवारले भने औपचारिक रुपमा कुनै प्रतिकृया जनाएका छैनन् । केही समय यता पूर्वयुवराज पारस एक्लै वस्दै आएका छन् । उनी परिवारका साथमा छैनन् । पूर्वयुवराज पारसले आफै पनि यसवारे केही बताएका छैनन् । तर, पारसनिकट स्रोतकाअनुसार उनलाई पार्किन्सन्स भएको हो ।

पार्किन्सन्स उपचार उनले कहाँ गराएका छन् भन्ने वारे पनि केही खुलेको छैन । उनले औषधी पनि कहाँवाट र कस्तो सेवन गरेका छन् भन्ने पनि खुलेको हो । तर, केही समययता पूर्वयुवराज पारस पार्किन्सन्सबाट पीडित भएको बताइएको हो । पारिवारवाट बाहिर बस्दै आएका उनी केही समय यता युट्युबर सोनिका रोकासँग सम्बन्धका कारण अनावश्यक चर्चामा आएका छन् ।

हालै गोदावरीको जंगलमा साधुहरुसँग बसेको तस्बिर पनि सार्वजनिक भएको थियो । स्वतन्त्र रुपमा हिँड्न चाहने पूर्वयुवराज पारसलाई थाइल्याण्डमा रहँदा र पछि स्वदेश आएपछि ग म्भीर प्रकृतिको हृद यघात भएको थियो । अहिले उनी आफु स्वतन्त्र रुपमा बस्न चाहेको भन्दै मुलुकका विभिन्न स्थानमा घुम्ने गरेका छ् । जहाँ जाँदा पनि सोनिकाका साथमा देखिने गरेका कारण उनीहरुको सम्बन्धका बारेमा अनावश्यक चर्चा हुने गरेको छ । यद्धपी उनीहरुले आफुहरुबीच त्यस्तो केही सम्बन्ध नभएको बताएका छन् ।

Leave a Reply