Thursday, April 15, 2021
Home > अन्तराष्ट्रिय > नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा प्रतिबन्ध

नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा प्रतिबन्ध

नेपालसहित १४ देशका नागरिकलाई कतारमा अस्थायी प्रतिबन्ध लगाइएको छ । नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई कतारमा सोमबारबाट लागू हुने गरी अस्थायी प्रतिबन्ध लगाइएको हो । कतारको सरकारी सञ्चार कार्यालय (जिसिओ) ले आइतबार दिएको जानकारीमा कतार एयरवेजले पनि इटालीमा प्रतिवन्ध लगाएकाे छ ।

इटालीबाट आउने उडान रद्द गरेको जानकारी दिएको छ । उक्त निर्णय कोरोनाभाइरस (कोभिड–१९) लाई विश्वव्यापी रुपमा फैलनबाट रोक्ने उद्देश्यसहित लिइएको जानकारीमा उल्लेख छ । जिसिओले आइतबार जारी गरेको वक्तव्यमा कोरोनाभाइरसलाई फैलन रोक्नका लागि कतारले जतिसक्दो उपाय अवलम्बन गर्ने जानकारी दिएको छ ।

‘यो निर्णयले माथि उल्लेखित सबै देशलाई प्रभावित गर्नेछ, यसमा अन अराइल भिसा पनि समावेश छ, कामदार र पर्यटक दुबैका लागि । कतारले आफ्ना सबै नागरिकलाई अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणबाट आज सम्म मृ’त्यु हुने मानिसको संख्या ३ हजार ८ सय २७ पुगेको छ ।

कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ भने बाँकी ७ ‍सय ८ जनाको विभिन्न १९ वटा मुलुकमा मृ’त्यु भएको छ । १९ हजार भन्दा बढि संक्रमितको अहिले पनि चीनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यसमध्ये ५ हजार २ सय ६४ जनाको अवस्था ग’म्भीर रहेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

५८ हजार ६ सय चिनियाँ भने उपचारपछि ठीक भएका छन् । चीनपछि कोरोनाले इटालीमा महामारीको रुप लिएको छ । त्यहाँ ३ सय ६६ जनाको मृ त्यु भएको छ । अवस्था भयाभह बनेपछि सरकारले १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।

Leave a Reply