चितवन। सामाजिक व्यक्तित्व डा.बीएम खरेलको नि’धन भएको छ । उपचारको क्रममा आज (आइतबार) राती ९ः३९ बजे पुरानो मेडिकल कलेजमा डा.खरेलको निधन भएको हो । डा.खरेल लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो। घरमै आराम गरिरहनु भएकी खरेललाई असहज भएपछि अस्पताल भर्ना गरिएको थियो । डा.खरेलका एक मात्र छोरा छन् । डा.खरेल श्रीमान डा.प्रमोद लामिछानेसंगै एलाइभ हस्पिटललाई अगाडि बढाई रहनु भएको थियो ।
उहाँ एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.भरतपुरको संस्थापक एवंम प्रवन्ध निर्देशक हुनुहुन्थ्यो । उहाँ आफै क्यान्सरबाट ग्रसित भए पनि बिरामीको उपचारमा खटिरहनु भएको थियो । डा.खरेल र डा.प्रमोदले थुप्रै बिरामीको निःशुल्क उपचार गरेर समाजमा उदाहरणीय व्यक्तित्वको रुपमा पहिचान बनाएका छन् । स्वर्गीय डा.खरेलको पार्थिव शरीर सोमबार बिहान ८ देखि १० बजेसम्म श्रद्धाञ्जलीका लागि एलाईभ हस्पिटल राखिने परिवारले जनाएको छ । त्यसलगत्तै उहाँको देवघाटमा अन्त्येष्टि गरिने छ ।
एकै परिवारका ५ जनालाई नै कोरोना भाइरस देखियो
अहिले विश्वभर भयावह रुपमा फैलिएको कोरोना भाइरस एकै परिवारका ५ जनामा देखिएको खबर आएको छ । यो नेपालको खबर भने होईन । भारतको केरला राज्यमा एउटै परिवारका ५ जनालाई कोरोना भाइरस सकारात्मक देखिएको छ । भारतमा विरामीहरूको कुल संख्या ३९ पुगेको छ ।
प्राप्त जानकारी अनुसार, परिवार केही दिन अघि इटालीबाट फर्किएको थियो । इटली जहाँ यस भाइरसबाट प्रभावित व्यक्तिहरूको संख्या धेरै पुगेको छ। यो खबरले केरला राज्य नै आत्तिएको छ । केरला स्वास्थ्यमन्त्री केके सेलजाले भने कि परिवारका सदस्यहरूले विमानस्थलमा उनीहरूको भ्रमणको विवरण भने दिएका थिएनन् त्यसैले उनीहरूको छानबिन हुन सकेन ।
पाँच व्यक्ति मध्ये जसको छानबिन रिपोर्ट आयो, एक बच्चा पनि रहेको छ । राज्य स्वास्थ्यमन्त्रीले भने, ‘बच्चा र उसका आमा बुबा हालै इटाली गएका थिए । फर्केर आएपछि उनले केही आफन्तहरूलाई पनि भेटेका छन् । ती आफन्तहरु अस्पताल पुगेका थिए जहाँ उनीहरुलाई कोरोना भाइरसको लक्षण देखाए पछि अस्पतालमा भर्ना गरिएको थियो । पछि, पीडितको परिवारलाई पनि अस्पतालमा छुट्टै राखियो ।’ उनीहरुले आफ्नो जानकारी लुकाएका कारण समस्या आएको बताइएको छ ।