Saturday, April 17, 2021
Home > समाचार > अस्पतालबाै प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत सन्देश दिने तयारी, डिस्चार्ज चै कहिले?

अस्पतालबाै प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्समार्फत सन्देश दिने तयारी, डिस्चार्ज चै कहिले?

काठमाडाैँ, २४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिनभित्र डिस्चार्ज गर्न सकिने त्रिवि शिक्षण अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा नेतृत्व गरेका प्राध्यापक डाक्टर प्रेम ज्ञवालीले स्वास्थ्य अवस्था राम्रो हुँदै गएकाले पर्सिसम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने जानकारी दिनुभयो । तर बालुवाटार जानेबित्तिकै भेटघाट धेरै हुने भएकाले संक्रमणको जोखिम बढ्नसक्ने तर्फ पनि सचेत हुनुपर्ने उहाँकाे भनाइ छ ।

छिटाे डिस्चार्ज गर्दा बाह्य भेटघाट र सम्पर्क बढेर संक्रमणकाे जाेखिम रहने हुँदा अस्पतालमै अझै केही दिन राख्ने कि या घर पठाउने भन्नेबारेमा चिकित्सकहरुले छलफल गरिरहेको अस्पताल स्राेतले जनाएको छ । गत बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अहिले अस्पतालको विशेष कक्षमा राखेर उपचार र हेरचाह भइरहेकाे छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएकाले उहाँले छिट्टै भिडियो कन्फ्रेन्समार्फत सन्देश दिने तयारी गर्नुभएको पनि अस्पतालले जनाएको छ । प्रधानमन्त्रीलाइ उहाँकी भान्जी पर्ने समिक्षा ज्ञवालीले मृगाैला दान गर्नुभएकाे थियाे । हाल दाता समिक्षाकाे स्वास्थ्य अवस्था पनि राम्राे रहेकाे अस्पतालले जनाएकाे छ ।

राष्ट्रपतिद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले ११०औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

यसै अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले महिलाहरूको आर्थिक, सामाजिक तथा व्यवस्थापकीय रूपान्तरणका माध्यमबाट सामाजिक सचेतना तथा राष्ट्रिय समृद्धि हासिल गर्न साझा अभियानको रूपमा ‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने राष्ट्रिय लक्ष्यका साथ यस वर्ष ११०औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै गरेको र उक्त उद्देश्यलाई साकार तुल्याउन सम्बद्ध सबै पक्ष अग्रसर हुनुपर्ने महसुस गरेको बताउनुभएको छ ।

“नेपालको संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्न महत्वपूर्ण प्रावधानहरूको व्यवस्था गरेको र त्यसबाट महिलामाथि हुने हिंसा र विभेदलाई हटाउन ठूलो मद्दत पुगेको छ । सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरिएका दिगो विकास लक्ष्यहरू लैङ्गिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने, न्यायमा पहुँच पु¥याउनेजस्ता विषयहरू महिलाको हक संरक्षणमा केन्द्रित रहेका छन् । यी लक्ष्यहरू हासिल गर्न नीति, संरचना र कार्ययोजनासहित नेपाल सरकार अगाडि बढिरहेको छ”, सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसले लैङ्गिक समानताका विषयलाई आत्मसात गर्न तथा लैङ्गिक समानताका लागि क्रियाशील नयाँ र पुराना पुस्ताका अधिकारकर्मीलगायत सम्बद्ध सबैलाई थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना उहाँले व्यक्त गर्नुभएको छ ।

Leave a Reply