Friday, April 16, 2021
Home > समाचार > धनकुटामा भयानक बस दुर्घटना ५५ जना घाइते, ३० को अवस्था गम्भिर

धनकुटामा भयानक बस दुर्घटना ५५ जना घाइते, ३० को अवस्था गम्भिर

काठमाडौँ । कोशी राजमार्गअन्तर्गत धनकुटाको साँगुरीगढीमा भयानक बस दुर्घटना भएको छ । साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा बस ब्रेक फेल भएर पल्टिदाँ ५५ जना यात्रु घाइते भएका छन् । दुर्घटनामा परि घाइते भएकामध्ये ३० को अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ । घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।

योपनि, फाल्गुनन्दमा विकास परिषद् : पाँचथरको फाल्गुनन्द गाउँपालिकाले गाउँपालिकाको कार्य सञ्चालनमा सघाउ पु¥याउने गाउँपालिका विकास परिषद् गठन गर्ने भएको छ । गाउँपालिकाको हालै सम्पन्न छैटौँ गाउँसभाले उक्त परिषद् गठनका लागि ‘फाल्गुनन्द विकास परिषद् कार्यविधि–२०७६’ पारित गरेको हो ।

गाउँपालिकामा नीति निर्माणदेखि विकास निर्माणका आयोजनाको प्रभावकारी अनुगमनसमेतमा सहयोग पुग्ने उद्देश्यले उक्त परिषद् गठन हुन लागेको हो । गाउँसभाबाट पारित कार्यविधिअनुसार उक्त विकास परिषद्ले गाउँपालिकामा कानून निर्माणमा सघाउ पु¥याउने तथा आवश्यक परामर्श र सुझाव दिनेछ । यस्तै गाउँपालिकाभित्र सञ्चालन हुने सबै विकास आयोजनाको कार्यान्वयन र सञ्चालनमा सहयोग पुग्ने अपेक्षासहित उक्त कार्यविधि पारित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले जानकारी दिनुभयो ।

गाउँपालिकाले सञ्चालन गर्ने गतिविधिमा सबै पक्षलाई समेट्न परिषद् प्रभावकारी हुने आफूहरुको विश्वास रहेको गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले बताउनुभयो । कार्यविधिअनुसार उक्त परिषद्ले गाउँपालिका र गाउँ कार्यपालिकाको कार्यालयलाई समेत सेवाप्रवाहका विषयमा सल्लाह, सुझाव दिन सक्नेछ ।

उक्त परिषद्मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष, गाउँपालिकाबाट जिल्ला समन्वय समितिमा प्रतिनिधित्व गर्ने व्यक्ति, गाउँपालिकाभित्र क्रियाशील सबै राजनीतिक दलका प्रमुखहरु र राष्ट्रिय जीवनमा योगदान पु¥याएका गाउँपालिकाभित्रका नौ व्यक्ति सदस्य रहने कार्यविधिले व्यवस्था गरेको छ । प्रदेश नं १ सरकारको अवधारणाअनुसार विकास परिषद् निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत तिखत्रीले बताउनुभयो । गाउँपालिकाले प्रदेश नं. १ मै पहिलोपटक उक्त कार्यविधि निर्माण गरिएको दाबी पनि गरेको छ ।

Leave a Reply