Tuesday, April 20, 2021
Home > समाचार > काठमाण्डाै आउदै गरेकाे माइक्रो बिहान अनियन्त्रित भएर घरभित्रै छिरेपछि…

काठमाण्डाै आउदै गरेकाे माइक्रो बिहान अनियन्त्रित भएर घरभित्रै छिरेपछि…

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका-३, फिस्लिङ्ग बजारमा माइक्रोबस दुर्घटनामा परेको छ । माइक्रो बस अनियन्त्रित भइ दुर्घटनामा परेको थियो । उक्त माइक्रो सडकसँग जोडिएको घरलाइ ठक्कर दिन पुगेको थियो । चितवनबाट काठमाडौंका लागि छुटेको बा ३ ख २५७३ नम्बरको माइक्रो बस बिहान अनियन्त्रित भएर घरभित्रै छिरेको थियो ।दुर्घटनामामा केही यात्रु सामान्य घाइते भएका छन् ।

यो पनिमास्क महँगोमा बेचेको पाइए ११३७ मा फोन गर्न सरकारको आग्रह

काठमाडौं– कोरोना भाइरसको संक्रमण विश्वभर बढ्दै जाँदा र विश्व स्वास्थ्य संगठनले नेपाललाई पनि उच्च जोखिममा राखेपछि नेपालमा मास्कको माग उच्च भएको छ । मास्कको माग उच्च भएपछि नेपालमा मास्कको कालोबजारी भइरहेको छ । पहिला पाइने भन्दा दोब्बर मूल्यमा मास्क बेचिएको फेला परेपछि सरकारले केही मास्क बितरकलाई कारवाहीसमेत गरेको छ भने केही पसलहरुमा सिलसमेत गरेको छ ।

१० रुपैयाँ पर्ने मास्कलाई तीस रुपैयाँ भन्दा धेरै लिएर पसलेहरुले बेचिरहेको गुनासो बढेसँगै सरकारले अनुगमन बढाएको छ ।मास्क महँगोमा बेचेको वा लुकाएको पाइए ११३७ नम्बरमा खबर गर्न सरकारले आग्रह गरेको छ । मास्क नपाइए वा बढी मूल्य तिर्नु परेको खण्डमा पैसा नलाग्ने

फोन नम्बर ११३७ मा खबर गर्न वा वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा जानकारी गराउन विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आग्रह गरे ।उजुरीको आधारमा सरकारले अनुगमन गरी दोषी पाइए तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने र मुद्दा चलाउने उनले जानकारी दिए ।

Leave a Reply