Saturday, April 17, 2021
Home > अपराध > एकाबिहानै ललितपुरमा घट्यो सोच्नै नसकिने घटना: सातदोबाटो चोकमा उभिएकि महिलालाई कारमा लगेर ब’लात्कार

एकाबिहानै ललितपुरमा घट्यो सोच्नै नसकिने घटना: सातदोबाटो चोकमा उभिएकि महिलालाई कारमा लगेर ब’लात्कार

२४ फाल्गुन २०७६, शनिबार काठमाडौं, काठमाडौं उपत्यका अन्तर्गत ललितपुरको सातदोबाटो चोकबाट एक महिलालाई अ’पहरण शै’लीमा कारमा चढाई लगेर ब’लात्कार गरिएको छ । सातदोबाटोस्थित महानगरीय प्रहरी वृत्तका निमित्त कार्यालय प्रमुख (प्रहरी निरीक्षक) रमेशकुमार श्रेष्ठका अनुसार २७ वर्षीया महिलाले आफू का’रचालकबाट ब’लात्कृत भएको भन्दै उ’जुरी दिएकी हुन् । घ’टना शुक्रबार बिहानैको हो। २७ वर्षीया ती वि’वाहित महिला बौद्धबाट गाडी चढेर सातदोबाटो आएकी थिइन्।

चापागाउँको गु’म्दीस्थित माइतीकहाँ जान हिँडेकी ती महिलालाई एउटा कारले प’छ्यायाे । ‘त्यसपछि मलाई का’रचालकले ज’बर्जस्ती आफ्नो कारमा हा’ल्यो र अ’ज्ञात ठाउँको अ’ज्ञात घरमा लगेर ब’लात्कार गर्‍याे,’ पी’डित महिलाको भनाइ उ’द्धृत गर्दै प्रहरी निरीक्षक श्रेष्ठले भने । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार घ’टना शुक्रबार बिहान त्यस्तै साढे ७/८ बजेतिरको हाे । घ’टनालगत्तै बिहान ९ बजेतिर पी’डित महिला उ’जुरी लिएर सातदोबाटो महानगरीय प्रहरी वृत्तमा आएकी उनले जानकारी दिए ।ऊ’जुरिमा आफुलाई कारमा हाल्ने व्यक्ति न’चिनेको जनाइएको छ ।

पी’डित महिलाले ती व्यक्ति (ब’लात्कार गर्ने) न’चिनेको तथा कारमा हा’लेर कुन ठाउँको कुन घरमा लगेको भन्ने पनि थाहा नभएको उ’जुरीमा उल्लेख गरेकी छन् । ‘घ‘टनाको विस्तृत अनुसन्धान गरिरहेका छौं,’ प्रहरी निरीक्षक श्रेष्ठले शनिबार बिहान भने, ‘हामीले गाडी प’हिचान गरिसकेको छौं, अब आ’रोपित व्यक्ति चाँ’डै पक्राउ पर्नेछ।’

हार खाएपछि पूर्वअधिराजकुमारी प्रेरणाले राखिन सरकारसंग अन्तिम पटक यस्तो माग !

नेपाल ट्रस्टको नाममा रहेको काठमाडौं छाउनीस्थित १५ रोपनी जग्गा छाड्न पूर्वअधिराजकुमारी प्रेरणाराज्यलक्ष्मी शाह अन्ततः तयार भएकी छिन् । हकदाबी गर्ने कानुनी बाटो बन्द भएपछि उनी सरकारी संरचनासहितको जग्गा छाड्न तयार भएकी हुन् । तर, उनले यसका लागि सरकारसँग थप समय मागेकी छिन् ।

गत ४ माघमा ट्रस्ट कार्यालयले घरजग्गा खाली गर्न ३५ दिने सूचना निकालेको थियो । म्याद गुज्रिएपछि घरजग्गा खाली गर्न थप समय माग गर्दै प्रेरणाले ट्रस्ट कार्यालयमा निवेदन दिएकी छिन् । तर, ट्रस्ट सञ्चालक समितिको बैठक बस्न नसक्दा सो सम्बन्धमा निर्णय हुन नसकेको कार्यालयका सहसचिव राजेश्वर ज्ञवालीले बताए । आगामी बैठकमा म्याद थपसम्बन्धी प्रेरणाको प्रस्ताव लैजाने ट्रस्टको तयारी छ ।

जग्गा १३ वर्षअघि नै सरकारमातहत

राजतन्त्रको अन्त्यपछि नेपाल सरकारले ०६४ मा राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारका नाममा रहेको सम्पत्ति व्यवस्थापन र सञ्चालन गरी राष्ट्रहितमा प्रयोग गर्न नेपाल ट्रस्ट ऐन पारित गर्‍यो । सोही आधारमा ट्रस्टले २१ हजार पाँच सय ६२ रोपनी जग्गा आफूमातहत ल्याइसकेको छ । राजा त्रिभुवनले अविवाहित कान्छी छोरी विजया शाहलाई संरचनासहितको छाउनीको जग्गा उपभोगका लागि दिएका थिए । विजयाकोे निधन पछि उक्त जग्गा राजदरबारकै नाममा आएको थियो । ०६४ मा ट्रस्ट ऐन बनेपछि उक्त जग्गा ट्रस्टमातहत आएको थियो ।

Leave a Reply