Thursday, May 6, 2021
Home > समाचार > भर्खरै नेपाल प्रहरीलाई यत्रो ठुलो सफलता – हेर्नुहोस को को परे फन्दामा !

भर्खरै नेपाल प्रहरीलाई यत्रो ठुलो सफलता – हेर्नुहोस को को परे फन्दामा !

काठमाडौं, २८ चैत-श्रमको फारम भराउने नाममा अवैध रकम असुलिरहेका ३० जना वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालय अगाडिबाट पक्राउ परेका छन् ।सेवाग्राही बनेर सादा पोशाकमा गएका प्रहरीहरुले ठगी गरिरहेको अवस्थामा बुधबार ३० जनालाई रंगेहात पक्राउ गरेको प्रहरीको अपराध अनुसन्धान महाशाखा टेकुका डीएसपी मनकुमार थापाले लोकान्तरलाई जानकारी दिए ।

श्रमको फारम अनलाइन भर्ने र वैदेशिक रोजगारमा जानेहरूको बीमा गरिदिने नामामा उनीहरूले रु ५०० देखि रु २५०० सम्म असुल्ने गर्ने गरेको स्थलगत रिपोर्टिङसहितको समाचार लोकान्तर डटकमले फागुन २१ गते प्रकाशित गरेको थियो । त्यसलगत्तै ३५ जना पक्राउ परेका थिए ।

दैनिक एक दुईजना समातिने गरेको भए पनि सामूहिक रूपमा यति धेरैजना समातिएको यो दोस्रो पटक हो ।

यसरी समातिएकाहरूलाई जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपराधको मुद्दा लगाउने गरेको छ । यसअघि समातिएकाहरू तारेख धाइरहेका छन् ।

Leave a Reply