Saturday, April 17, 2021
Home > समाचार > कोरोनाबाट पीडित हुनसक्ने भन्दै अमेरिकाले दियो नेपाललाई ठूलो सहयोग

कोरोनाबाट पीडित हुनसक्ने भन्दै अमेरिकाले दियो नेपाललाई ठूलो सहयोग

कोरोनो भाइरसबाट प्रभावित तथा प्रभावित हुन सक्ने नेपालसहित २५ देशलाई अमेरिकी सहयोग नियोग ९युएसएड० ले आर्थिक सहयोग गर्ने भएकोछ। ‘सं;क्रा;मक रोग नियन्त्रणका लागि स्थापना गरिएको आपतकालीन कोषबाट अमेरिकी सरकारले कोरोनाबाट प्रभावित भइसकेका र सं;क्रम;sणको जोखिममा रहेका विभिन्न २५ मुलुकलाई आवश्यक व्यवस्था गर्न तीन करोड ७० लाख अमेरिकी डलरको सहयोग उपलब्ध गराइने छ,’

युएसएडका प्रशासक मार्क ग्रीनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यो सहयोग प्राप्त गर्ने २५ राष्ट्रको सूचीमा नेपाल पनि छ। अमेरिकी सरकारले विश्व स्वास्थ संगठन, अन्य बहुपक्षीय सहयोग निकाय तथा युएसएडले नेतृत्व गरेका कार्यक्रममार्फत संक्रामक रोगविरुद्ध सहयोग उपलब्ध गराउँदै आएको छ।

अमेरिकी सरकारले फेब्रुअरी ७ मा कोरोनाविरुद्ध लड्न १० करोड अमेरिकी डलरबराबरको सहयोग उपलब्ध गराउने प्रतिबद्धता गरेअनुसार पहिलो चरणमा यी राष्ट्रलाई सहयोग गर्न लागिएको हो। कोरोना सं’क्रा’मक भाइरसको खतरा विश्वभरि नै रहेकाले अन्य दातृ राष्ट्रलाई पनि यो कोषमा योगदान गर्न अमेरिकी सरकारले आह्वान गरेको छ।

पहिलो चरणको सहयोग प्राप्त गर्ने राष्ट्रहरूमा नेपाल, अफगानिस्तान, अंगोला, इन्डोनेसिया, इराक, काजकिस्तान, केन्या, दक्षिण अफ्रिका, ताजकिस्तान, फिलिपिन्स, तुर्किमेनिस्तान, उच्वेकिस्तान, जाम्बिया, जिम्बाबे, बंगालादेश, कम्बोडिया, इथियोपिया, किर्ज रिपब्लिक, लाओस, मंगोलिया, नाइजेरिया, पाकिस्तान, थाइल्यान्ड, भियतनामलगायत छन।

कोरोना सं’क्र’मणबाट विश्व स्वास्थ्य संगठन नै आ’त्तियो

जतिनै सावधानी अपनाउँदा पनि ७० मुलुकमा फैलिएको कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संगठन नै आ’त्ति’एको छ । चीनको वुहान राज्यवाट सुरु भएको कोरोना अहिले विश्वभर फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना नदेखिएका मुलुकलाई पनि ढुक्क संग नबस्न आग्रह गरेको छ ।

चीनले कोरोना नियन्त्रणका लागि सक्दो प्रयास जारी राखेको बेलामा कोरियामा ड’रला’ग्दो तरिकाले सं’क्र’मण फैलन थालेको हो । अहिले कारोनाले ७० मुलुकमा प्रभाव देखाएको छ । कोरोना सं’क्र’मणबाट विश्वभर त’ह’ल्का म’च्चा’एपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) नै आ’त्ति’एको छ।

उसले यो सं’क्रम’णले विश्वको अवस्था के हुने हो अनुमानै गर्न गाह्रो भएको प्रतिकृया दिन थालेको छ । अनुमान नै लगाउन नसकिनेगरी सं’क्र’मण फैलिरहेका कारण विश्व स्वास्थ्य संगठन पनि आ’त्ति’एको हो । कोरोना कसरी मानिसमा देखा परेको हो भन्ने कुरा अहिले सम्म पनि खुल्न सकेको छैन ।

कोरोनाभाइरस सं’क्रम’णका कारण अहिले विश्व अनुमान गर्नै नसकिने ठाउँ (अन्चार्टर्ड टेरटरी) बनेको डब्ल्यूएचओले उल्लेख गरेको छ । डब्ल्यूएचओका प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोना एकदमै अचम्म खालको भाइरस भएको र यसको औ’ष’धी समेत नबनिसकेका कारण समस्या उत्पन्न भएको को । तर यसलाई उपयुक्त उपाय अवलम्बन गरेर नियन्त्रण गर्न सकिने भएकाले विश्वभरका मुलुकलाई सचेत हुन अपिल गरेको छ ।

विश्वभर कोरोनाका कारण ३ हजारभन्दा बढी मानिसको निधन भइसकेको छ। निधन हुनेमा धेरै चीनका छन्। चीनको उहान कोरोना भाइरसको उद्गमस्थल हो। त्यहाँ के वाट कोरोना सुरु भयो भन्ने कुराको आधिकारीक पुष्टि अझै हुन सकेको छैन । तर केही दिनयता चीनभन्दा बाहिर यसको सं’क्र’मण ९ गुणा बढेको बीबीसीले उल्लेख गरेको छ। जसका कारण पनि विश्व स्वास्थ्य संगठनलाई आ’त्ति’ने अवस्था बनाएको हो ।

चीनबाहिर सबैभन्दा धेरै सं’क्र’मण फैलिएका देशमध्ये इटलीमा सोमबार कोरोनाका कारण निधन हुनेको संख्या ५२ पुगेको छ। कोभिड(१९ अर्थात् कोरोना भाइरसविरुद्ध सं’घर्ष गर्न सबैलाई एउटै उपायले काम नगर्ने भन्दै डा‍। गेहब्रेयससले सबै देशलाई आफ्नो अवस्था विचार गरेर रोकथाममा लाग्न सुझाव दिएका छन्। उक्त भाइरसबाट ९० हजार मानिस सं’क्र’मित भएको पुष्टि भइसकेको छ। तीमध्ये झन्डै ९० प्रतिशत सं’क्र’मित चीनका छन्। चीनबाहिर ८ हजार ८ सय जनामा कोरोना सं’क्रमण भएको डब्ल्यूएचओले जनाएको छ।

Leave a Reply