Friday, April 16, 2021
Home > समाचार > दोलखामा झु’न्डिएको अवस्थामा फेला परेकी १३ वर्षीय बालिका, प्रहरीद्वारा उद्धार

दोलखामा झु’न्डिएको अवस्थामा फेला परेकी १३ वर्षीय बालिका, प्रहरीद्वारा उद्धार

उत्तरी दोलखाको विगु गाउँपालिका(२, ओराङको चामटाङमा १३ वर्षीय बालिका झु’न्डिएको अवस्थामा जिवितै फेला परेकी छिन्। विगु गाउँपालिका–२, ओराङककी कुमारी मगरलाई रुखमा झु’न्डिएको अवस्थामा बुधबार अपरान्ह करिब ३ बजे फेला पारिएको सिंगटी प्रहरीले जनाएको छ।

मगरलाई झु’न्डिएर अचेत भएको अवस्थामा आफन्त, छिमेकी र प्रहरीले उद्धार गरी सिंगटीस्थित अस्पताल लगेका थिए। अस्पतालमा प्राथमिक उपचार पश्चात काठमाण्डौं रिफर गरिएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए। दिउँसो दाउरा लिन गएकी उनी डोकोको नाम्लोको पासो बनाइ रुखमा झु’न्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएका छन्।

बालिका जीवितै रहेपनि अवस्था गम्भीर रहेकोले थप उपचारको लागि एम्बुलेन्समार्फत काठमाडौ बासबारीस्थित न्युरो अस्पताल पठाइएको प्रहरीको भनाई छ। आफन्तकोमा बसोबास गर्दै आइरहेकी मगरले के कति कारणले आ’त्मह’त्या प्रयास गरेकी हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो पनि समाचार

जाडो मौसम शुरु भइसकेको छ । जाडोयाममा धेरै चिसो हुने भएकाले नवजात शिशु र सुत्केरी आमा दुवैका लागि जोखिम हुनसक्छ । नवजात शिशुको केयर गरिएन भने उनसमा छिटो संक्रमण हुनसक्छ ।

नवजात शिशुलाई जति नै कपडा लगाइदिएपनि चिसो हुन्छ । मौसम परिवर्तनको असर उनीहरुलाई धेरै हुन्छ जसको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । त्यसैले नवजात शिशु पनि धेरै कमजोर हुन्छन् । चिसो मौसममा बच्चाहरुलाई रुघाखोकी र घाँटीमा संक्रमण हुने खतरा बढी हुन्छ ।

जाडो मौसममा चिसोबाट बच्न न्यायो कपडा लगाएर तातो बनाएर राख्नुपर्छ । चिसो बढी भएमा बच्चा बिरामी पनि पर्न सक्छ । बच्चाको सास फेर्ने नली साँघुरिन्छ यस्तोमा खकार जमेर सास लिनमा कठिनाई हुन सक्छ ।

नवजात शिशुलाई चिसोबाट कसरी जोगाउन यस्तो गर्नुस्

–धुलो, धुँवादेखि नवजात शिशुलाई टाढा राख्नुपर्छ । धुलो, धुँवाले नवजात शिशुलाई दमको समस्या हुने, झाडापखला लाग्ने हुनसक्छ । त्यसैले घर वरपरको वातावरणमा पनि विशेष ध्यान दिनुपर्छ ।

–नवजात शिशुलाई दिनै नुहाउनुको सट्टा मनतातो पानीमा सफ्ट एन्टिब्याक्टेरियल लिक्वीड हालेर नरम कपडा भिजाएर पुछ्नुपर्छ ।

–मौसम बदल्ने वित्तिकै शिशुलाई न्यानो कपडा लगाइदिनु पर्छ । हल्का चिसो छ भनेर वेवास्ता गर्नु हुँदैन । शिशुलाई जहिले पनि मोजा टोपी लगाइदिनुपर्छ ।

–शिशुलाई मसाज एकदमै जरुरी हुन्छ । मसाज गर्दा तेललाई मनतातो बनाएर प्रयोग गर्ने गर्नुहोस् ।

–शिशुलाई न्यानो कपडा लगाइदिएर घाममा राख्नुपर्छ । बिहानको घाममा राख्दा ताजा हावाको साथै भिटामिन–डी पनि प्राप्त हुन्छ ।

–शिशु ६ महिना भन्दा बढी भएको छ भने खाना पनि खान्छ । खाना खुवाँउदा चिसो र बासी खाना खुवाउनु हुँदैन ।

–स्वेटर लगाउँदा राम्रो क्वालिटिको मात्र लगाइदिने गर्नुपर्छ । जस्तो पायो त्यस्तै क्वालिटिको कपडाले शिशुलाई एलर्जी हुनसक्छ ।

–नवजात शिशुको छाला एकदमै संवेदनशिल हुन्छ । त्यसैले संक्रमण हुने खतरा बढी हुन्छ । त्यसकारण शिशुलाई समाउन अघि साबुन पानीले राम्रोसँग धुनुपर्छ ।

–शिशुलाई आमाको दुध अघाउन्जेल खुवाउनुपर्छ । आमाको दुधमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ ।

Leave a Reply