Friday, April 16, 2021
Home > समाचार > ओलीको उपचारमा संलग्न चिकित्सकको यो टिम, सफल मृगाैला प्रत्यारोपणपछि छल्कियो यस्तो खुशी!

ओलीको उपचारमा संलग्न चिकित्सकको यो टिम, सफल मृगाैला प्रत्यारोपणपछि छल्कियो यस्तो खुशी!

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपणपछि उहाँको शरीरका मुख्य सूचक राम्रो अवस्थामा रहेका छन् । सफलतापूर्वक प्रत्यारोपण सम्पन्न भएपछि त्रिवि शिक्षण अस्पतालले आज जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति स्थिर रहेको र प्रत्यारोपित मिर्गाैलाले काम गर्न थालिसकेको जनाइएको छ । हाल उहाँलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षामा राखी उपचारलाई निरन्तरता दिइएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

ओलीको उपचार टोलीमा चिकित्सक प्रा डा दिव्या शाह, डा महेश सिग्देल, डा मुकुन्द काफ्ले र डा रवीन नेपालीलगायत हुनुहुन्छ । । प्रधानमन्त्री ओलीलाई मिर्गाैला दान गर्नुहुने उहाँकी भान्जी समीक्षा सङ्ग्रौलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सङ्ग्रौलाको शल्यक्रिया टोलीमा प्रा डा उत्तमकुमार शर्मा, प्रा डा प्रेम ज्ञवाली, प्रा डा आनन्द कुमारलगायत हुनुहुन्छ । एनेस्थेसिया तथा क्रिटिकल केयरतर्फ डा अनिल श्रेष्ठ र प्रा डा सुवास आचार्यलगायत हुनुहुन्छ ।

मिर्गाैला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई आज बिहान १०ः०० बजे शल्यक्रिया कक्षमा लगिएको थियो । प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण सफल भएपछि अस्पताल परिसरमा उपस्थित शुभेच्छुकले खुशियाली मनाएका थिए । मिर्गौला प्रत्यारोपणअघि उहाँको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।

प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना हुनुभएको थियो । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो । शल्यक्रियापछि प्रधानमन्त्रीको होस् खुलेको छ। सफल शल्यक्रियापश्चात उहाँको उपचारमा संलग्न चिकित्सक खुसी देखिन्थे। चिकित्सकहरूले अस्पतालको झ्यालबाटै हात हल्लाउँदै अभिवादनसमेत गरे।

हेर्नुहोस तस्विरहरूः

sf7df8f}F,@! kmfu”gM
lduf}Fnf k|Tof/f]k0fdf ;xefuL lrlsT;s 6f]nL
k|wfgdGqL s]kL zdf{ cf]nLsf] a”waf/ lqlj lzIf0f c:ktfn dxf/fhu~hdf lduf}Fnf k|Tof/f]k0fdf ;xefuL lrlsT;s 6f]nL . t:jL/ M rGb|snf If]qL÷/f;;

Leave a Reply