Friday, April 16, 2021
Home > समाचार > विमानस्थलबाटै यसरी सुन त स्करमा सहयोग गर्थे कर्मचारीहरू… हेर्नुस्

विमानस्थलबाटै यसरी सुन त स्करमा सहयोग गर्थे कर्मचारीहरू… हेर्नुस्

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन त स्करी गर्ने क्रममा त स्करहरुलाई सहयोग गरेको आरोपमा एकजना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकी कार्यालय सहयोगी डोमा शेर्पाविरुद्ध ७ लाख ७ हजार ७ सय रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो । अनुसन्धानका क्रममा उक्त सुन शेर्पाले फाल्न लगाएकी भेटिएको थियो ।

अख्तियारका अनुसार शेर्पाले ८ वैशाख २०७६ मा थाई एयरको विमानबाट नेपाल आएका भियतनामी नागरिक फान्थी लाओन थाओ तथा कम्बोडियन नागरिक थियरी यूईले ल्याएको सुन लुकाउन सहोग गरेकी थिइन् । भियतनामी नागरिक थाहो तथा कम्बोडियन नागरिक यूईले ल्याएको किलो ६ सय ८५ ग्राम सुन विमानस्थलका उपसचिव कर्ण तिमिल्सिनाको कार्यकक्षमा रहेको सोफा पछाडि फालेको अवस्थामा फेला परेको थियो ।

यात्रुहरुको खानतलासीका लागि खटिएकी शेर्पाले सांकेतिक भाषा प्रयोग गरी उक्त सुन सोफामा फालेर जान भनेको देखिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार राजश्व चुहावट गर्ने उद्देश्यका साथ शेर्पाले उक्त सुन सोफा पछाडि फाल्न लगाएर एक्सरे मेसिनबाट हुने जाँच छल्न खोजेकी थिइन् । अख्तियारले शेर्पाविरुद्ध ७ लाख ७ हजार ७ सय बिगो कायम गर्दै बिगोको दोब्बर जरिवाना र अनुसार जरिवाना र २ वर्ष ६ महिनासम्म कैद सजाय मागदाबी गरेको छ ।

हवाई उडान रोकिहाल्नुपर्ने अवस्था छैन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना अतिप्रभावित मुलुकहरुमा हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निश्कर्ष निकालेको छ । साथै विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र रहेर आवश्यकताअनुसार निर्णय लिन नेपाल सरकारलाई सिफारिस गरेको छ ।

सरकारले नेपाल भ्रमण वर्ष स्थगित गर्ने तयारी गरेको छ भने अति प्रभावित मुलुकका नागरिकलाई अन अराइभल भिसा नदिने निर्णय गरेको छ । सरकारको यो निर्णयसँगै पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान रोक्नु पर्ने वा नपर्नेबारे अध्ययन गर्न नागरिक उड्डयन प्राधिकरणलाई भनेको थियो ।

प्राधिकरणले अहिले मुलुकभित्र कोरोनाको संक्रमित बिरामी पुष्टि नभएका कारण तत्काल उडान–अवतरण रोक्न पर्ने अवस्था नरहेको बताएको छ । तर नेपाल र सम्बन्धित मुलकुको स्वास्थ्य सतर्कता र संवेदनशीलता हेरेर यो निर्णय लिन सकिने प्राधिकरणको सिफारिसमा उल्लेख छ ।

प्राधिकरण स्रोतका अनुसार प्रतिवेदनमा विश्व स्वास्थ्य संगठनको मापदण्ड पछ्याउँदै अतिप्रभावित क्षेत्रमा हुने उडान रोक्न सक्ने सम्बन्धमा नेपाल सरकारले निर्णय लिन बाधा नपर्ने उल्लेख गरिएको छ ।

अहिले त्रिभुवन विमानस्थलमा आउने र जाने दुबै कक्षमा यात्रुको स्वास्थ्य चेक जाँच थालिएको छ । साथै सरकारले अत्यावश्यक नपरेसम्म विदेश भ्रमणमा नजान आह्वान गरेको छ । विदेशबाट नेपाल आउँदा पनि यात्रुले विमानस्थलमै कडा स्वास्थ्य चेकजाँचपछि हवाई यात्राको अनुमति दिने गरिएको छ ।

Leave a Reply