Friday, April 16, 2021
Home > भिडियो > अस्पतालमै पुगेर रबि र पत्नीले भेटे प्रधानमन्त्री ओलीलाई, भाबुक हुँदै दिए यस्तो प्रतिक्रिया (भिडियो सहित)

अस्पतालमै पुगेर रबि र पत्नीले भेटे प्रधानमन्त्री ओलीलाई, भाबुक हुँदै दिए यस्तो प्रतिक्रिया (भिडियो सहित)

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया शुरु भएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्री ओलीलाई शल्यक्रियाका लागि अपरेशन थिएटरमा लगिएको जानकारी दिए । शल्यक्रियाका लागि कति समय लाग्ने यकिन नभएको बताउँदै उनले समय–समयमा प्रगतिबारे अपडेट गराइरहने बताए ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले प्रत्यारोपण गर्नेछ । प्रत्यारोपणका लागि उनलाई आवश्यक औषधिहरु दिइएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।

विभिन्न विषयका विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण गरिएको समेत अस्पतालले बताएको छ । प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याव परीक्षणहरु गरिएको थियो । त्यस्तै स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहको र विशेषज्ञहरुको निरन्तर निगरानीमा रहेको अस्पतालले बताएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन सरकारका केही मन्त्रीहरु मंगलबार दिउँसो त्रिवि शिक्षण अस्पताल पुगेका थिए । अर्थमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई अस्पताल पुगेका हुन् । त्यस्तै भारतीय राजदूत विनयमोहन क्वात्रा पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारीलिन मंगलबार दिउसो अस्तपताल पुगेका थिए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्न विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, शुभचिन्तकहरु अस्पताल पुगेका छन् । यसैक्रममा चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछाने पनि आफ्नी पत्नी निकितासहित अस्पताल पुगेका छन् । चिकित्सकसँग आफूले कुरा गरेको भन्दै उनले प्रधानमन्त्री ओली चाँडै निको भएर फर्कने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो । प्रधानमन्त्री ओलीलाई उनकी भाञ्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गाैला दिएकी हुन् । प्रधानमन्त्री ओली र समीक्षा दुवैजना अपरेसन थिएटरमा छन् । चिकित्सकहरूका अनुसार ओलीमा मिर्गौला पुनः प्रत्यारोपण गर्न पाँच घन्टा लाग्ने छ । ओलीमा मंगलबार पनि मिर्गौलाको डायलासिस गरिएको थियो ।

भिडियोः

Leave a Reply