Friday, April 16, 2021
Home > समाचार > फेरि काभ्रेका ढाँटखर्कमा यात्रुवाहक बस दुर्घटना ! यस्तो छ अवस्था!

फेरि काभ्रेका ढाँटखर्कमा यात्रुवाहक बस दुर्घटना ! यस्तो छ अवस्था!

काभ्रे, फागुन २१ । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका–५ ढाँटखर्कमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ४४ जना घाइते भएका छन् । रामेछाप जिल्लाको गुराँसेबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ७१०२ नंको बस पछाडि सार्ने क्रममा सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीका प्रहरी निरीक्षक पवनकुमार झाले बताउनुभयो । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

घाइतेहरु सबैको उपचारका लागि धुलिखेल अस्पताल पठाइसकेको प्रहरीले जनाएको छ । “घाइतेहरुको नाम र ठेगाना खुलेको छैन, हामीले उपचारका लागि पहिलो प्राथमिकतामा राखेर उद्धारपश्चात् अस्पतालतर्फ पठाएका छौँ”, प्रहरी निरीक्षक झाले भन्नुभयो । गाडीको चालक भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भारतमा भित्रियो खतरनाक कोरोनाका सँक्रमण

नयाँ दिल्लीः दिल्लीमा कोरोना भाइरसको पहिलो सं’क्रमित भेटिएपछि दिल्लीको नोएडामा दुई निजी विद्यालय केही दिनका लागि बन्द गरिएको छ । विद्यालयले इमेल र वाट्स एपमार्फत विधार्थीका अभिभावकलाई जानकारी गराएका छन् । विद्यालय बन्द गरेकोमा नडराउन समेत आग्रह गरेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

दिल्लीमा जो व्यक्ति भाइरस सं’क्रमित भएका थिए, उनको बच्चा नोएडास्थित विद्यालयमा पढ्छन् । उक्त व्यक्ति विदेशबाट फर्केपछि घरमा पार्टी गरेका थिए । त्यो पार्टीमा पाँच परिवार र १० जनाको उपस्थिति रहेको थियो । पार्टीपछि जाँचमा उनी भाइरस सं’क्र’मित भएको देखिएको हो । यस घटनापछि केही समयका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ ।

सं’क्र’मित भएका ती व्यक्तिको सम्पर्कमा आएका अन्यलाई पनि छुट्टै घरमा राखिएको छ। कोरोना भाइरसको जोखिममा सबैभन्दा बढी ती व्यक्ति हुन्छ, जसमा रोगसँग लड्ने कम क्षमता हुन्छ । यस्तो अवस्थामा बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा पर्ने गर्छन् ।

विद्यायलयले संक्रमित व्यक्तिको बच्चाको सम्पर्कमा आएका अन्य विद्यार्थीहरुलाई पनि दुई हप्ताको लागि अरु बाट टाढा राखिएको छ । यस्तै विद्यालयको सार्वजनिक ठाउँ र कक्षा कोठाहरु सफा गरिएको छ ।

Leave a Reply