Tuesday, April 20, 2021
Home > मनोरञ्जन > ‘मिस वल्र्ड’को आयोजना नेपालमै गर्न प्रकृया अघि बढाउदै मन्त्री भट्टराई

‘मिस वल्र्ड’को आयोजना नेपालमै गर्न प्रकृया अघि बढाउदै मन्त्री भट्टराई

बिश्वभर कोरोना भाइरसकाे संक्रमण बढ्न थालेपछि नेपालमा धुमधामका साथ शुरू गरिएकाे भ्रमण बर्ष २०२० स्थगत गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपालमै विश्वसुन्दरी प्रतियोगिता (मिस वल्र्ड) आयोजना गर्न प्रकृया अघि बढाएकाे छ । चीनको उहानबाट फैलिएको कोरोना (कोभिड १९) भनिने कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएपछि सरकारले भ्रमण बर्षका सबै कार्यक्रम स्थगत गरिसकेको छ ।

अब विभागीय मन्त्री योगेश भट्टराईले फेरि विश्वसुन्दरी प्रतियोगिताका लागि सुन्दरीहरु छनोट गरेर पठाउने द हिडन ट्रेजरसँगको सहकार्यमा प्रकृया अघि बढाएका छन्। तर विश्वसुन्दरी प्रतियोगिताको आयोजकले हिडन ट्रेजरसँग मिस युनिभर्सु टाइटलमा प्रतियोगी पठाउने अधिकार खोसिसकेको छ। ने

नेपालमा विश्वसुन्दरी प्रतियोगिता आयोजना गर्न भोली (बिहीबार) सन् २०१९ की विश्वसुन्दरी जमैकाकी टोनी आन सिंह र मिस वल्र्ड अर्गनाइजेसनकी अध्यक्ष जुलिया मार्लीलगायतको टोली नेपाल आउँदैछ । द हिडन ट्रेजरका अध्यक्ष दिवाकरराज कर्णीकारका अनुसार यो टोलीले पहिलो चरणको अध्ययन गर्नेछ। त्यसपछि थप अध्ययनका लागि प्राविधिक टोली नेपाल आउने उनले जानकारी दिएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

सर्वत्र कोरोना फैलिरहेको बेला, सकिन थाल्यो औ’षधि

कोरोना भाइरस सं’क्रमणका कारण अत्यावश्यक औ’षधि अभाव हुने अवस्था आएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । नेपालमा उत्पादन नहुने औ’षधिको मौज्दात घटिरहेको व्यवसायीले बताएका छन्। ‘आकस्मिक र अत्यावश्यक औ’षधिका हकमा सरकारले बेलैमा बुद्धि पुर्‍याउनुपर्छ,’ नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले भने, ‘नभइनहुने औ’षधिको मौज्दात बढाउन कदम चाल्ने बेला आएको छ।’ उनले निजी क्षेत्रसँग मिलेर सरकारले काम थालिहाल्नुपर्ने बताए।

व्यवसायीका अनुसार औ’षधिको कच्चापदार्थ आयात झन्डै एक महिनादेखि ठप्प छ। औ’षधि व्यवस्था विभागमा तीन सय ८४ वटा औ’षधि उद्योग दर्ता छन्। तर यी कुनै पनि एलोपेथिक औ’षधि उत्पादकका लागि नेपालमा कच्चापदार्थ उत्पादन हुँदैन। औ’षधिको रसायन र ब्या’क्टेरिया उत्पादन चिनियाँ कम्पनीले गर्ने गरेका छन्।

पछिल्लो प्रतिवेदनअनुसार संसारभरका ६३ प्रतिशतजति औ’षधि उत्पादक कम्पनी कच्चापदार्थका लागि चीनसँग आश्रत छन्। ब्याक्टेरियाका हकमा चीनको हिस्सा अझ मजबुत छ। नेपालमा झन्डै ८० प्रतिशत कच्चापदार्थ चीनबाट आयात हुने गरेको व्यवसायी बताउँछन्। ‘औ’षधि बनाउने कच्चापदार्थ र इन्टरमिडियट (कच्चापदार्थ उत्पादन गर्ने प्राथमिक रसायन) लगायतका धेरैजसो केमिकल चीनमा उत्पादन हुन्छ,’ देउराली जनता फर्मास्युटिकलका कार्यकारी निर्देशकसमेत रहेका शर्मा भन्छन्, ‘जुन क्षेत्रमा कोरोना फैलिएको छ, त्यही क्षेत्रमा यस्ता उद्योग धेरै छन्।’ कच्चापदार्थको उत्पादन गर्ने धेरैजसो चिनियाँ कम्पनी रहेका सांघाई, छेचियाङ, युहाङलगायतका क्षेत्र कोरोनाबाट बढी प्रभावित छन्। यसले गर्दा कच्चापदार्थको आपूर्तिमा अवरोध भएको छ।

Leave a Reply