Tuesday, April 20, 2021
Home > Uncategorized > प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया अहिले जारी, ५ घण्टासम्म चल्ने!

प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया अहिले जारी, ५ घण्टासम्म चल्ने!

फागसुन २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया अहिले जारी छ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले अप्रेसन शल्यक्रिया भइरहेको छ। काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण टिचिङ अस्पतालमा बुधबार बिहान १० बजेपछि उहाँको शल्यक्रिया सुरु गरिएको हो। अस्पतालका निर्देशक डा‍. प्रेमकृष्ण खड्काले प्रधानमन्त्री ओलीलाई बुधबार बिहान १० बजे शल्यक्रिया कक्षमा लगिएको जानकारी दिनुभएको छ ।

‘अप्रेसनका लागि प्रधानमन्त्रीज्यूलाई बिहान १० बजे शल्यक्रिया कक्षमा लगेर काम थालिएको छ,’ अस्पताल परिसरमा पत्रकारहरूलाई जानकारी दिँदै निर्देशक खड्काले भन्नुभयोृ, ‘उहाँलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलालाई यसअघि नै शल्यक्रिया कक्ष लगिसकिएको छ।’ १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको अहिले दोस्रोपटक प्रत्यारोपण गर्न लागिएको हो। शल्यक्रिया सकिन करिब ५ घण्टा लाग्ने संलग्न चिकित्सकले बताएका छन्।

काँग्रेसमा कलह झन् बढ्यो

मुख्य विपक्षी काँग्रेसभित्रको कलह झनै बढ्दै गएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला उपसभापतिहरूको प्रशिक्षण बहिस्कार गर्ने भएको छ । आफ्नो विरोधका बाबजुद पार्टी सभापति शेरबहादुर देउवाले विभागहरू गठन गरेसँगै चिढिएको पौडेल समूहका उपलब्ध केन्द्रीय सदस्य र जिल्ला सभापति र उपसभापतिहरको भेला पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको थियो ।

बैठकले पार्टीको १४ औं महाधिवेशन प्रभावित गर्ने उद्देश्यमा साथ कार्यक्रम राखिएको ठहर गर्दै जिल्ला उपसभापतिहरुको भेला बहिस्कार गर्ने निर्णय लिएको नेता सिंहले बताउनुभयो । ‘१४ औं महिधिवेशनको तिथि मिति तोकिसकेकाले पार्टीमा निर्वाचन आचारसंहिता लागू भइसकेको छ,’ बैठकपछि उहाँले भन्नुभयो , ‘महाधिवेशनलाई प्रभावित गर्ने कुनै पनि काम अब पार्टीबाट गर्नु हुँदैन ।’

चार वर्षसम्म निष्क्रिय रहेका सभापतिले पार्टी कब्जा गर्ने रणनीतिका साथ अहिले विभागहरु गठन गर्ने, जिल्ला उपसभापतिहरुको भेला गर्न थालेको पौडेल समूहको आरोप छ ।

Leave a Reply