Saturday, July 10, 2021
Home > अपराध > हिन्दु धर्मावलम्बीलार्इ भूत भन्दै क्रिश्चियन धर्म परिवर्तन गराउने यस्ता छन् नरपिशाचहरू…

हिन्दु धर्मावलम्बीलार्इ भूत भन्दै क्रिश्चियन धर्म परिवर्तन गराउने यस्ता छन् नरपिशाचहरू…

धर्म परिवर्तन जवर्जस्ती गराउन नपाइने नियम आउदा समेत यतिबेला केहि क्रिस्चियनहरु उक्त नियमको खिलापमा गाउ गाउ डुलेका छन्। हामीलाई प्राप्त समाचारहरु यस प्रकार छ। लमही : दाङको देउखुरीस्थित लमही नगरपालिमा चौधरी परिवारलाई जबरजस्ती धर्म परिवर्तन गराई क्रिश्चियन बनाएको खुलासा भएको छ । लमही नगरपालिका वडा नं. ५ लमहीबजार निवासी मनोज चौधरीले जवरजस्ती धर्म परिवर्तन गर्न लगाए ।

यसरी मनोज चाैधरीले जबरजस्ती क्रिश्चियन बनाउन लगाएपछि यस्ता धर्म परिवर्तन गर्न लगाउनेहरूलाई कारवाहीको माग गर्दै आइतबार नगरपालिकामा निवेदन दिएपछि घटना सार्वजनिक भएको हो ।

स्थानीय मनोज चौधरीको पीडित परिवार र जबरजस्ती धर्म परिवर्तन गराउने कार्यमा संलग्नहरूलाई नगरपालिकामा राखेर छलफल समेत गरिएको छ ।नगरपालिकाको न्याय समितिका संयोजक तथा उपमेयर देवका बेल्वासेले दुवै पक्षलाई छलफलमा राखेको जानकारी दिइन् । ‘छलफल निष्कर्षमा पुग्न सकेको छैन्’, उनले भनिन् । घोराही उपमहानगरपालिकाबाट क्रिश्चियनहरूको समूहका नेतृत्वकर्ताहरू छलफलमा झिकाइएको थियो ।

डोरबहादुर के.सी.को घरमा डेरागरी बस्ने विदेशी महिलाहरूले प्रलोभन देखाएर जबरजस्ती क्रिश्चियन धर्म मान्न दबाव दिएको तथा खुल्न नसकेको बस्तु सेवन गर्न लगाएको निवेदनमा उल्लेख छ । धर्मपरिवर्तन गर्न सुरुमा भरिने वप्तिस्मा आवेदन फारम भर्न लगाएको प्रमाण समेत नगरपालिकामा निवेदनसहित पेस गरिएको छ

क्रिश्चियनहरूले नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने गरेका समाचार र आरोपहरू आइरहेका बेला लमही बजारमा साधारण थारु परिवारलाई जबरजस्ती क्रिश्चियन बनाएको घटनाले अन्य धर्म समुदायकाहरूलाई आक्रोशित बनाएको छ ।

पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिन अगाडि मात्रै जबरजस्ती धर्म परिवर्तन गराउनेहरूलाई दश वर्षसम्मको जेल सजाय हुने गरेर ऐन ल्याइ सकेका छन् । पीडित थारु परिवारले दोषीहरूलाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

केहि समय अगाडी पनि यस्तै प्रकृतिको घटनामा केहि व्याक्तिहरु पक्राउ परेका थिए। समाचार यस्तो छ

काठमाडौँ – विद्यालयको पठन–पाठन ठप्प पारेर अध्ययनरत बालबालिकालाई धर्म परिवर्तन गराउने मनसायले धार्मिक प्रचार गरेको अभियोगमा प्रहरीले दोलखाका २ निजी स्कुलका प्रधानाध्यापकसहित ७ जनालाई पक्राउ गरी मुद्धा चलाएको छ ।

सदरमुकाम चरिकोटका २ निजी विद्यालयमा पढ्ने ९ सयभन्दा बढी बालबालिकालाई विद्यालयमा समयमा क्रिस्चियन धर्म प्रचार गरी पुस्तक, रुमाल लगायतका उपहार बाँडेर उनीहरूलाई धर्म परिवर्तन गर्न बाध्य पार्न खोजेको आरोपमा प्रहरीले प्रधानाध्यापकसहित एक धार्मिक संस्थाका ७ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने प्रधानाध्यापकमा माउण्ट भ्याली एकेडेमीका प्रकाश प्रधान र मोर्डन नेपाल स्कुलका बिमल शाही रहेका छन् । दुवैले विद्यालयको पठनपाठन बन्द गराएर विद्यालयका बालबालिकालाई क्रिस्चियन धर्म प्रचारका गतिविधि गरेको प्रहरीले जनाएको छ ।

माउण्ट भ्यालीले अभिभावक दिवस मनाउने र मोर्डन नेपालले संस्कृतिक कार्यक्रम गर्ने बहानामा पठनपाठन रोकेर २ दिनसम्म क्रिस्चियन धर्मसम्बन्धी चलचित्र, डकुमेन्ट्री, सांस्कृतिक कार्यक्रम देखाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुवै विद्यालयका बालबालिकालाई धर्मसम्बन्धी पुस्तक तथा उपहारसमेत बाँडेर पुस्तक बाबु आमालाई पढाउनु भनी वितरण गरेको प्रहरी दाबी छ । दुवै विद्यालयमा धर्म प्रचारका लागि पठनपाठन रोकेको भन्दै अभिभावकले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरीको टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको नागरिक दैनिकमा खबर छ ।

फेसबुक बाट साभार गरिएको हो ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!