Friday, April 16, 2021
Home > समाचार > प्रधानमन्त्री ओली अस्वस्थ हुँदा पुर्वराजा शाह चिन्तित, गरे स्वास्थ्य लाभको कामना

प्रधानमन्त्री ओली अस्वस्थ हुँदा पुर्वराजा शाह चिन्तित, गरे स्वास्थ्य लाभको कामना

काठमाडौ । मिर्गाैला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मौसुफ सरकार ज्ञानेन्द्र शाहले स्वास्थ्य लाभको कामना गरेका छन् । शाहको शुभकामना सन्देश लिएर उनका पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जन ओली उपचारार्थ भर्ना भएको शिक्षण अस्पताल पुगेका थिए । शाहले ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका छ्न । उपचारक्रममा अस्पतालमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ अवस्थाबारे जानकारी लिदै पुर्वराजा शाहले प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गरेका हुन ।

आज अपरान्ह पूर्व राजा शाहले आफ्ना निजी सचिव पशुपतिभक्त महर्जनलाई प्रधानमन्त्री ओली उपचाररत अस्प्ताल पठाएका थिए । निजी सचिव महर्जनले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर पूर्व राजा शाहको तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको बताइएको छ ।

Leave a Reply