Thursday, July 15, 2021
Home > समाचार > OMG! फेरि पर्वतबाट अायो १३ बर्षिया बालिका बलात्कारकाे यस्तो दुःखद खबर…

OMG! फेरि पर्वतबाट अायो १३ बर्षिया बालिका बलात्कारकाे यस्तो दुःखद खबर…

पर्वत, ११ असोज । पर्वतमा १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । कुश्मा नगरपालिका वडा नम्बर–२ की ती बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय २० वर्षीय विनोद नेपालीलाई प्रहरीले पक्रेको हो । गत भदौ २७ गते राति २ बजेतिर बालिका घरमै सुतिरहेको अवस्थामा बलात्कृत भएको जनाइएको छ ।

आफ्नै घरको बार्दलीमा सुतिरहेकी बालिकालाई घरको भित्ता र खम्बा हुँदै बार्दलीमा चढेर मुख थुनेर जबर्जस्ती करणी गरेको जाहेरी सोमबार दर्ता भएपछि प्रहरीले नेपालीलाई मंगलबार पक्रेको हो ।

आरोपी नेपालीलाई नियन्त्रणमा लिइ जिल्ला अदालत पर्वतबाट अनुसन्धानका लागि पाँच दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार पीडित बालिकाको परिवारले दिएको किटानी जाहेरीका आधारमा नेपालीलाई पक्राउ गरिएको हो । पक्राउ परेका नेपालीले आफूले बलात्कार गरेको स्वीकारी बयान दिएको प्रहरीको भनाइ छ ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!