Saturday, April 17, 2021
Home > भिडियो > युवतीको हातमा भैसीलाई लगाउने भ्याक्सिन लगाइदिएपछि रुँदै आइन् मिडियामा (भिडियो)

युवतीको हातमा भैसीलाई लगाउने भ्याक्सिन लगाइदिएपछि रुँदै आइन् मिडियामा (भिडियो)

काठमाडौं, भैसीलाई खोरेत रोगको भ्या’क्सिन लगाउने क्रममा एक युवतीको हातमा भ्याक्सिनसहितको सूई घो’पिन पुगेपछि नवलपुरको देवचुली नगरपालिका वडा १६ की वडासदस्य जानकी गुरौ लामिछाने विवादमा तानिएकी छिन् । सो रोगको भ्याक्सिन लगाउन भन्दै देवचुली नगरपालिका वडा नम्बर १७ की युवती कञ्चन रेग्मीको घरमा लामिछाने पुगेकी थिइन्। घरमा परिवारका अन्य सदस्य नभएको बेला भ्याक्सिन लगाउन पुगेकी उनले रेग्मीसँग सहयोग मागे ।

यसरी सहयोग मागेरर सूई लगाउन लागेको र सोही क्रममा एकाएक रेग्मीको दाहिने हातमा घो’पिन पुगेको थियो। तर उनी तालिमप्राप्त नभएको पीडित युवतीले दावी गरेकी छिन्। पीडित युवतीले लामिछानेले आफ्नो हातमा भ्याक्सिनसहितको सू’ई घोचेर कुनै वास्तै नगरी हिँडेको र आफूले अनेकन मानसिक तनाव खेप्नुका साथै हात नराम्ररी सुन्निएको बताइएकी छिन्।

पटक पटक जानकारी गराउँदा लामिछानेले घटनाबारे चासो नदिएको भन्दै पीडित युवतीले चर्को आलोचना गरेकी छिन्। पटक पटक आफूलाई भेट्न आउन र उपचारमा लैजान अनुरोध गरेपछि लामिछानेले अनेक बहाना बनाएर टारेको पिडित युवतीको भनाइ छ। आफु पिडित भएपछि प्रहरीलाई पनि खबर गरिन तर प्रहरीले कुनै एक्सन नालिएपछी आफु बाध्य भएर फेसबुक लाइभमा आएको बताएकी छन् ।

भिडियोः

Leave a Reply