Saturday, April 17, 2021
Home > समाचार > प्रधानमन्त्रीलाई मिर्गौला दिन टिचिङ अस्पताल पुगिन् समिक्षा

प्रधानमन्त्रीलाई मिर्गौला दिन टिचिङ अस्पताल पुगिन् समिक्षा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिन भाञ्जी समीक्षा संग्रौला ज्ञवाली टिचिङ अस्पताल पुगेकी छन् । डोनरलाई पनि स्वास्थ्य निगरानीमा राख्नु पर्ने भएकाले संग्रौला पनि अस्पताल पुगेकी हुन् । प्रधानमन्त्रीकी भाञ्जी पनि आजैदेखि अस्पताल भर्ना हुनेछन् । त्यसका लागि उनी अस्पताल पुगिसकेको अस्पताल स्रोतले जनाएको छ । नातामा भान्जी पर्ने समिक्षाले ओलीलाई मिर्गौला दिने तयारी गरिएको र उनको जाँच समेत यसअघि नै गरिसकिएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्नका लागि प्रधानमन्त्री ओली टिचिङ अस्पतालमा भर्ना भएका छन् । उनको बुधवार प्रा डा प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले बुधवार मिर्गौला प्रत्यारोपण गर्दैछ । केही दिन पहिलेदेखि सामाजिक सञ्जालमा ओलीलाई हैन भोलीलाई, म दिन्छु देशको भविष्य बनाउँन मिर्गौला भन्ने स्लोगन खुबै पोष्ट भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेपालको भोलीको अर्थात भविष्यको उज्यालो नक्षत्र भएको भन्दै उनका लागि जो कोही मिर्गौला दिन तयार हुने आशयका पोष्टहरु सामाजिक सञ्जालमा भइरहेका थिए । यही बीचमा उहाँको नामा भान्जि पर्ने समिक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिने पक्का भएपछि अहिले सामाजिक संजालमा समिक्षाको साहसको खुलेरै तारिफ भएको छ । उनिपनि यो स्लोगनबाट प्रभावित भएकी छन् ।

प्रधानमन्त्री ओली लामै समय बस्नुपर्ने भएकाले अहिले शिक्षण अस्पतालमा सुरक्षा चेकजाँच कडा पारिएको छ । नेपाली सेनाले तालिम प्राप्त कुकुरलाई खटाएको छ । प्रधानमन्त्री ओलीसँग शिक्षण अस्पतालका चिकित्सकहरूको मिटिङ बस्दैछ । ओलीको मिर्गौला प्रत्यारोपण गर्न भारतबाट चिकित्सक झिकाइएको छ ।

स्वदेशमै मिर्गौलाको प्रत्यारोपण गर्ने देशका कार्यकारी प्रमुखको निर्णयको जनस्तरमै तारिफ भएको छ । सानोभन्दा सानो स्वास्थ्य समस्याको उपचारका लागि विदेश जाने परम्परा त्यागेर स्वदेशमै उपचार गर्ने प्रधानमन्त्रीको निर्णय धेरै राम्रो भएको सर्वसाधारणको प्रतिक्रिया छ ।

शिक्षण अस्पताल परिसरमा भेटिइनुभएका धापासीका दीपक शर्माले प्रधानमन्त्रीले स्वदेशमै मिर्गौला प्रत्यारोपण गर्ने निर्णय लिएर निकै राम्रो सन्देश दिएको बताए । “प्रधानमन्त्रीको निर्णय मलाई निकै राम्रो लागेको छ”, उनले भने, “शिक्षण अस्पतालमा धेरै राम्रो सेवा छ, अन्य नेताले पनि यहीँ उपचार गराए हुन्छ ।”

प्रधामन्त्रीसँगै त्रिवि शिक्षण अस्पतालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङलगायत उनको सचिवालयका सदस्य पनि पुगेका थिए । शिक्षण अस्पतालमा प्रधानमन्त्रीका शुभेच्छुकको पनि बाक्लो उपस्थिति थियो ।

Leave a Reply