Saturday, April 17, 2021
Home > भिडियो > समिक्षा भन्छिनः मैले मामा ओलीलाई मात्र हैन, देशको भविष्य भोलीलाई मिर्गौला दिँदैछु (भिडियो)

समिक्षा भन्छिनः मैले मामा ओलीलाई मात्र हैन, देशको भविष्य भोलीलाई मिर्गौला दिँदैछु (भिडियो)

काठमाडौं । केही दिन पहिलेदेखि सामाजिक सञ्जालमा ओलीलाई हैन भोलीलाई, म दिन्छु देशको भविष्य बनाउँन मिर्गौला भन्ने स्लोगन खुबै पोष्ट भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेपालको भोलीको अर्थात भविष्यको उज्यालो नक्षत्र भएको भन्दै उहाँका लागि जो कोही मिर्गौला दिन तयार हुने आशयका पोष्टहरु सामाजिक सञ्जालमा भइरहेका थिए । यही बीचमा उहाँको नामा भान्जि पर्ने समिक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिने पक्का भएको छ । उहाँपनि यो स्लोगनबाट प्रभावित हुनुभएको छ ।

लामो समय देखि मिर्गौलासँग सम्बन्धीत समस्याबाट पिडित प्रधानमन्त्री केपी ओली फेरि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लाग्नु भएको छ । ओली आज नै त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना हुन भएको छ । चिकित्सकले बुधबार उहाँको मिर्गौला प्रत्यारोपण गर्ने समय तय भएको जानकारी दिएका छन् । प्रधानमन्त्री ओली लामै समय बस्नुपर्ने भएकाले अहिले शिक्षण अस्पतालमा सुरक्षा चेकजाँच कडा पारिएको छ । नेपाली सेनाले तालिम प्राप्त कुकुरलाई खटाएको छ । प्रधानमन्त्री ओलीसँग शिक्षण अस्पतालका चिकित्सकहरूको मिटिङ बस्दैछ । ओलीको मिर्गौला प्रत्यारोपण गर्न भारतबाट चिकित्सक झिकाइएको छ ।

डा. प्रेमराज ज्ञवालीको नेतृत्वमा ओलीको मिर्गौला प्रत्यारोपण गरिँदैछ । १२ वर्षअघि नयाँ दिल्लीको एपोलो अस्पतालमा ओलीलाई भाइबुहारी अन्जान घिमिरेले मिर्गौला दिनुभएको थियो । पहिलेको मिर्गौलाले काम गर्न छोडेपछि दोस्रो पटक फेरि प्रत्यारोपण गर्न लागिएको हो । ओलीलाई अहिले नातामा ‘भान्जी’ पर्ने समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिन लाग्नु भएको छ । केही समययता उहाँ प्रधानमन्त्री निवास बालुवाटारमा बाक्लै आउजाउ गरिरहनु भएको थियो ।

आइतबारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई मिर्गौला दान दिने महिलाबारे जानकारी गराउँनु भएको थियो । प्रधानमन्त्रीले सचिवालयका सदस्यहरूलाई मृगौला दाताका रूपमा चिनाइएकी ३२ वर्षीया समीक्षा झापाकी हुनुहुन्छ । चारआलीकी समीक्षा ओलीलाई पहिलोपटक मिर्गौला दिने अन्जान घिमिरेकी भान्जी भएको खुल्न आएको छ । सोही कारण प्रधानमन्त्री ओलीको पनि ‘भान्जी’ नाता पर्नुभएको हो ।

शिक्षण अस्पतालले आइतबार नै ओलीलाई मृगौला दिने महिलाको फाइल रेकर्ड बुक दर्ता गरेको छ । जसमा लेखिएको छ, ‘श्रीमती समीक्षा संग्रौला ज्ञवाली (भान्जी), श्री केपी शर्मा ओली (मामा) । भान्जीले–मामालाई ।’ रेकर्ड फाइलमा समीक्षाका साथै उहाँका पतिको नाम र फोन नम्बर पनि लेखिएको छ । साथै, प्रधानमन्त्रीको निजी सचिवालयमा कार्यरत राजेश बज्राचार्यको पनि नाम लेखिएको छ । समीक्षा र उहाँका पति प्रधानमन्त्री ओलीकहाँ आउजाउ गरिरहने पाइएको छ । प्रधानमन्त्रीबाट दशैंमा टीका लगाउने गरेका छन् ।

Leave a Reply