Tuesday, April 20, 2021
Home > समाचार > चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई यसकारण फिर्ता बोलाउने!

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई यसकारण फिर्ता बोलाउने!

फाल्गुण १९, काठमाण्डाैं । नेपाल सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई १५ दिनभित्र फिर्ता हुन निर्देशन दिने निर्णय गरेको हो । पौडेल कात्तिक २०७३ देखि चीनका लागि राजदूत थिए । त्यसअघि ओली नेतृत्वको सरकारले पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई चीनका लागि राजदूतमा सिफारिस गरेको थियो। समाचार पत्रपत्रिकामा छापिएको छ ।

तर, सरकार परिवर्तन भएपछि पुष्पकमल दाहाल प्रचण्ड सरकारले सो सिफारिस रद्द गर्दै पौडेललाई सिफारिस गरेको थियो । आइतबारकै बैठकले नयाँ राजदूतमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको नाम सिफारिस गरेको छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पाण्डेको नाम सिफारिस गरेका थिए । त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले मौन सहमति जनाएका थिए । ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला पाण्डेलाई राजदूत सिफारिस गरेको थियो ।

कोभिड-१९ भाइरसको महामारीसँग जुधिरहेको उत्तरी छिमेकी चीनबाट सरकारले राजदूतलाई किन फिर्ता बोलाउन लागेको भन्ने खुलिसकेको छैन। पूर्वमुख्यसचिव समेत रहेका राजदूत पौडेलको नाम यसअघि बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिका नाममा गरेको प्रकरणमा जोडिएको थियो। सो विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीसँग इन्टरनेटबाट बयान पनि लिएको थियो।

Leave a Reply