Saturday, April 17, 2021
Home > भिडियो > नेकपा अध्यक्ष प्रचण्ड माथि कार्यकर्ताले नै जुत्ता प्र’हार गरेकाे पुष्टि (भिडियो सहित)

नेकपा अध्यक्ष प्रचण्ड माथि कार्यकर्ताले नै जुत्ता प्र’हार गरेकाे पुष्टि (भिडियो सहित)

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ताकेर जुत्ता प्र’हा’र भएको छ। यद्यपि उनलाई जुत्ताले लागेन। आइतबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशनद्वारा आयोजित स्मृतिसभामा सहभागी हुन राष्ट्रिय सभागृह पुगेका दाहालमाथि जुत्ता ‘प्र’हा’र भएको हो। जुत्ता प्र”हार गर्ने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। कार्यक्रममा प्रचण्ड प्रमुख अतिथीका रुपमा उपस्थित थिए ।

उनीसँग मञ्ममा राप्रपा संयुक्तका अध्यक्ष प्रकाश चन्द्र लोहनी पनि थिए । लोहनीले बोलिसकेपछि प्रचण्डले बोले उनी बोली सकेर आशनमा फर्किन लाग्दा अगाडी रहेको एक व्यक्तिले उनलाई ताकेर जुत्रा हानेका हुन् । कार्यक्रममा नेकपाका अन्य नेता साथै अन्य पार्टीका नेतालाई पनि निम्त्याइएको भए पनि प्रचण्ड र लोहनी मात्रै उपस्थित थिए । जुत्ता प्र’हा’र गर्ने नेकपा समर्थित कार्यकर्ता रतन चिरुवा भएको बताइएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जुत्ता किन र कस्ले प्रहार गरेको हो भन्ने बारेमा खुल्न सकेको छैन । अध्यक्ष प्रचण्डको हरेक कार्यक्रम फेसबुकमार्फत लाइभ गर्दै आएको कमरेड प्रचण्ड नामक फेसबुक आइडीबाट गरिएको प्रत्यक्ष फेसबुक लाइभमा पनि प्रचण्डमाथि जुत्ता प्रहार गरिएको प्रत्यक्ष देख्न सकिन्छ । तर सम्बोधन सकिनु र जुत्ता प्रहार एकैपटक भएपछि फेसबुक लाइभ बन्द गरिएको थियो । यद्धपि फेसबुक लाइभमा प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु जुत्ता प्रहार पछि जुत्ता फ्यालिएको दर्शकदीर्घा तिर दौडिएका थिए ।

भिडियोः

Leave a Reply