जिवनभर माया गर्छु भनेर विवाह गरेर ल्याएका श्रीमानले घोँडा चढेर घाँटी अटचेर जिवन लिन खोजेपछि श्रीमती अहिले मिडियामा आएकी छन् । उनलाई श्रीमानले आफ्नो श्रीमतीको अनैतिक सम्बन्ध पनि रहेको र पैसा पनि लिएर गएको आरोप लगाएपछि उनको श्रीमतीले आफ्नो सफाई दिएकी छन् । उनले आफ्नो फुपुको छोराले घर बनाउँदा पनि सहयोग गरेको र पैसा पनि उनीसंग लिएको बताइन् ।
आफ्नो घरमा काम गर्ने ब्यक्तिलाई कहिले काँही भाई आउ चिया खाउ त भन्ने पर्यो । उनले भनिन्, आफ्नै घरमा काम गरेको छ हामी चिया खाएर बसेका छौं आउ भाई चिया खान त जसले पनि भन्छ । आफुले खाँदा भाईलाई त्यतीकै रहेर बस भन्न त मिलेन ? उनको भनाई छ ।
महिलाले घर बनाउँदा लिएको ऋणका बारेमा आफ्ना श्रीमानले अनावश्यक आरोप लगाएको बताइन् । उनले आफ्ना श्रीमानलाई सबै आरोपको खण्डन गर्दै लागेको हिसाव बुझाएकी छन् । घरजग्गा ऋणमा राखेर उनले लिएको पैसाको बारेमा जवाफ दिएकी थिइन् ।
श्रीमान विदेशमा रहेको र आउँदा श्रीमती ३० लाख रुपैया लिएर हिडेको भनेर आरोप लगाएपछि श्रीमती आफ्नो सबै प्रमाण लिएर मिडियामा आएकी हुन् । काठमाडौंको मुलपानीको यो घटनाले के देखाएको छ भने विदेशमा भएका श्रीमानले मेरो श्रीमतीले धोका दिएर पैसा लिएर गयो भनेर मिडियामा आएका सबै कुरा सहि नहुने प्रमाणीत गरेको छ ।
घर बनाउँदा घरमा बसेर ब्यवहार मिलाउँदा ऋण लाग्ने र श्रीमानले विश्वास नगर्दा समस्या आउने गरेको देखिएको छ । काठमाडौंको मुलपानीको यि जोडी अहिले प्रहरकिो अगाडी सबै समस्याका बारेमा खुलस्त बताएर अहिले उनीहरु मिलेका छन् ।
श्रीमानका मामाले मलाई ऋण चाहियो मलाई तिम्रो जग्गा राखेर पैसा देउ भनेर फकाए, उनले श्रीमानका मामालाई पैसा दिइन् त्यही विषयमा श्रीमान श्रीमतीबीच झगडा भएको थियो । तर त्यो श्रीमतीको नियत नराम्रो थिएन । श्रीमानको मामाले भनेको बेलामा पैसा नदिएको कारण उनीहरुवीच समस्या भएको थियो । श्रीमानले मेरो ३५ लाख पैसा लिएर गयो भनेर श्रीमानले प्रहरीमा उजुरी समेत दिएका थिए ।
प्रहरीले फोन गरेपछि माइतमा रहेकी श्रीमती म प्रहरीकोमा जान्न आउ म तिमीलाई नै सबै हिसाव देखाउँछु भनेर श्रीमानलाई लिएर उनी प्रहरी सहित प्रहरी कार्यालय गएकी थिइन् । उनले म पैसा लिएर कतै गएको होइन , पैसाका कारणले समस्या पनि भएको होइन, श्रीमानले कुटपिट गरे पछि म माइत गएर मात्र बसेको हो । श्रीमतीले आफ्ना कुरा राखिन् ।