Saturday, April 17, 2021
Home > भिडियो > हेमा माथि लाठी चार्ज गर्ने प्रहरीकै बिरूद्ध हेमालाई न्याय दिन पुगे पुर्व डिएसपी (भिडियो सहित)

हेमा माथि लाठी चार्ज गर्ने प्रहरीकै बिरूद्ध हेमालाई न्याय दिन पुगे पुर्व डिएसपी (भिडियो सहित)

काठमाडौं । हेमा श्रेष्ठ सामाजिक सञ्जालमा निकै भाइरल भएको नाम हो । उनलाई केही दिन अघि पूर्व जर्नेल हेम खत्रीको घर घेर्न पुगेका बेलामा लाठी खाएकी थिइन् । प्रहरी इन्सपेक्टरले बच्चा बोकेको महिलालाई ला”ठी हा”नेको तस्बिर र भिडियो पनि निकै भाइरल भएको थियो । आफै श्रीमान पीडित रहेकी हेमालाई एउटा अर्को महिलालाई न्याय दिलाउन भन्दै भैसेपाटी स्थित पूर्व जर्नेलको घर घेर्न पुगेकी थिइन् ।

हेम खत्रीले एक जना माला शाह भन्ने महिलालाई ज’बर’ज”’स्ती विवाह गरेर करिब १८ वर्ष संगै बसेपछि अहिले कुनै सम्बन्ध नरहेको भन्दै सम्पर्क विहिन भएपछि माला हेम खत्रीको ति महिलालाई लिएर पुगेकी थिइन् । त्यही क्रममा हेमालाई प्रहरी इन्सपेक्टरले ला”ठी प्र”हा’र गरेका हुन् ।

काखमा बच्चा बोकेकी हेमालाई प्रहरीले ल’ख’टी ल’ख’टी ‘पि’टे”’को भिडियोमा देख्न सकिन्छ । घाईते अवस्थामा रहेकी हेमा अहिले स्वास्थ्यलाभ गरिहेकी छन् । दुई बच्चाका साथमा एक्लै बस्दै आइरहेकी हेमा आफ्नै आर्थिक अवस्था कमजोर छ । त्यही माथी दुई सन्तानका साथमा बस्दै आएकी उनी आफै अस्वस्थ्य भएपछि बच्चालाई खुवाउने समस्या पनि परेको छ । यस्तो अवस्थामा केही सहयोगीहरु उनको ढोकामा पुगेका छन् ।

पूर्व डिएसपी कृष्णप्रसाद शर्मा र मिसन नेपालका पदाधिकारीहरु उनलाई सहयोग दिन घरमा पुगेका हुन् । हेमाको स्वास्थ्य अवस्था अहिले पनि राम्रो छैन । उनका बच्चाहरु पनि बिरामी छन् । पूर्व डिएसपी शर्माले इन्सपेक्टरले महिलालाई गरेको ब्यवहारका कारण प्रहरी संगठनकै बेइज्जत भयो भन्दै यि महिला र बालबालिकाका लागि सहयोग गर्नुपर्ने बताए ।

जो पीडक हो उसैलाई साथ दिएर महिलालहरुलाई कु’ट’पि’ट गर्ने र महिलाहरुलाई थुन्ने काम भएको भन्दै पूर्व डिएसपीले विरोध गरेका छन् । महिलाहरुलाई ‘कु’ट’पि”ट गरेर हेम खत्रीले आफ्नो घरमा भएको सामान आफै तो’ड’फो”ड गरेर अवस्थालाई अतिरञ्जित बनाइएको बताए । उनले बच्चा बोकेर गएका महिलासंग के थियो र उनीहरुलाई त्यसरी ‘कु’ट’पि’ट गरीयो उनले प्रतिपश्न गरे ।

भिडियोः

Leave a Reply