नेपाल सरकार प्रमुख तथा नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण बुधबार गरिने भएको छ। आइतबार बसेको नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिने जानकारी दिए। ‘सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य उपचारको योजनाको बारेमा जानकारी गराउनुभयो’ ।
श्रेष्ठले भने, ‘सोमबार नै प्रधानमन्त्री उपचारका लागि शिक्षण अस्पतालमा भर्ना हुनुहुन्छ।’ प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणका लागि ९९ प्रतिशत तयारी पूरा भइसकेको अस्पतालका चिकित्सकहरूले बताएका छन्। प्रधानमन्त्रीले सचिवालयमा जानकारी गराए अनुसार सोमबार नै अस्पताल भर्ना हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गर्ने तयारी छ ।
प्रधानमन्त्रीले आइतबार बिहान ग्रान्डी अस्पतालमा मिर्गौला डायलासिस गराएका थिए। आइतबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपरण गरिनेबारे जानकारी गराएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल रहाेस, देशवासीकाे शुभकामना ।
एकाएक आकासिएको सुन बल्ल ह्वातै घट्यो मुल्य !
काठमाडौं : सुनको भाउ आज प्रति तोला १२ सय रुपैयाँले घटेको छ । आज बजारमा छापावाल सुन प्रति तोला ७८ हजारमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ७९ हजार २ सयमा कारोबार भएको थियो । शुक्रबार पनि सुनको मूल्य प्रति तोला पाँच सय रुपैयाँले घटेको थियो ।
तेजावी सुन पनि मूल्य घटेर ७७ हजार ७ सयमा कारोबार भएको छ । चाँदीको मूल्यमा पनि तोलामा वीस रुपैयाँ घटेर ८ सय ६० रुपैयामा कारोवार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँ रहेको थियो । कोरोना भाइरस संक्रमणका कारण केही सातादेखि सुनको मुल्य निरन्तर उकालो लागिरहेको थियो ।