Friday, April 16, 2021
Home > धर्म सँस्कृति > क्यान्सर लगायत १४८ प्रकारका रोगको औषधिय गुण भएको गोरसकाे यस्तो छ महत्व! जान्नुहाेस्

क्यान्सर लगायत १४८ प्रकारका रोगको औषधिय गुण भएको गोरसकाे यस्तो छ महत्व! जान्नुहाेस्

एजेन्सी । स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल (रगतमा हुने बोसो)ले सन्तुलन गराउनुका साथै मुटुरोगका लागिसमेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाएका छन् ।

सन् २०१२ मा अमेरिकन हर्ट एशोसिएशनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचाप ३१ प्रतिशतले न्युनीकरण भएको एक शोधपत्रमा उल्लेख गरेको छ । इन्टरनेशनल कार्डियोलोजी भारतका अध्यक्ष डा शान्तिलाल साहले पनि भैँसीको दूधमा लोङ्चन नामक चिल्लो पदार्थ बढी हुने र उक्त चिल्लो नसामा जम्ने भएकाले हृदयाघातको समस्या देखार्ने तथ्य सिद्ध गरेका छन् ।

“गाईको दूध छातीका रोगीका लागि बरदान सावित भएको छ । गाईको गहुँतमा पनि अमेरिकाले अनुसन्धान गरी पाँच प्रकारका औषधिको ‘पेटेन्ट राइट’ लिएको र भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिका लागि ‘पेटेन्ट राइट’ लिएको गोब्रती योगी सोमराज बताउँछन् ।

गाईको घ्यूमा पनि उत्तिकै औषधीजन्य गुण छ । यस्तो घ्यूले हबन गर्दा ‘प्रोपिलिन अक्साइड’, ‘इथिलिन अक्साइड’, ‘फारमेलडी हाइड ग्यास’ निस्किन्छ । ‘प्रोपिलिन अक्साइड’ ले वर्षा गर्न सहयोग पुर्‍याउँछ । ‘इथिलिन अक्साइड’ र ‘फारमेलडी हाइड’ ग्यासले पर्यावरणमा नकारात्मक असर पुर्‍याउने जीवाणुलाई मारी शुद्धीकरण गर्ने भएकाले गाईको घ्यूको महत्व बढेको हो । राष्ट्रिय जनावर भएर पनि गाईको बिनासको क्रम बढेकाले अहिले नेपालमा वृहत् अभियान नै सुरु गरिएको छ । नागरिकस्तरबाट शुरु गरिएको यो अभियानमा दिन प्रतिदिन सहभागिता बढ्न थालेको छ ।

स्थानीय गाई गोरुमा हुने जुरोले सूर्य र चन्द्रमाबाट आउने किरणलाई तान्छ । यो जुरोलाई सूर्यकेतु नाडी भनिन्छ । सूर्यकेतु नाडीले सूर्य र चन्द्रमाबाट लिएको किरण शक्तिका रुपमा गाईको दूध, गहुँत र गोबरमा प्रकट हुन्छ । यसरी प्रकट भएका शक्ति र ऊर्जाले नै मानिसलाई विभिन्न भिटामिनयुक्त तत्व प्रदान गर्ने भएकाले गाईको दूध, दही, घ्यू, गहुँत र गोबर पवित्र मानिएको स्थानीय गाईको अध्ययन अनुसन्धानमा लागेका सोमराज बताउँछन् ।

स्थानीय गाईको दूधमा ‘ओमेगा ३’ नामक तत्व पाइन्छ । यसले स्मरण शक्ति बढाउने र ‘सेरी ब्रोसाइड’ नामक तत्वले कुनै पनि खालका क्यान्सर हुन दिँदैन । गाईको गहुँतमा ‘कक्र्युमिन’ नामक तत्व पाइन्छ जुन ‘एण्टी क्यान्सर ड्रग’ हो । यसले क्यान्सर रोग लाग्नबाट समेत बचाउँछ । गहुँतमा अन्य २४ तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यक्ता पूर्ति गरी निरोगी बन्न सहयोग पुर्‍याउँछ ।

इटालीमा प्रा जि ई विङ्गेडले गाईको गोबरमाथि अनुसन्धान गरी क्षयरोग र मलेरियाका कीटाणुलाई मार्ने क्षमता हुन्छ, भन्ने प्रमाणित गर्नुभएको छ । नपुङ्सकता, चिडचिडापन, मधुमेह, उच्च रक्तचाप, बाथ, मिर्गौलाले काम नगर्नेजस्ता समस्या आधुनिक कृषि प्रणालीका उपज हुन् । गाईको गहुँत र गोबरबाट बनेको प्राङ्गारिक मल हाली गरिएको खेतीबाट यस्ता रोग नलाग्ने भएकाले पछिल्लो समय युरोप र अमेरिकालगायत अन्य शहरमा अग्र्यानिक खेती गर्ने क्रम बढ्न थालेको छ ।

वैदिक सनातन धर्मावलम्बीले किन गाईको पूजा गरेर गाईको गहुँत, गोबर र दूधलाई पवित्र मानेका रहेछन् भन्ने कुरा अहिले वैज्ञानिकले अनुसन्धान गर्न थालेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

Leave a Reply