जोईनट युथ हेण्ड सोसाइटी बुद्धशान्ति झापालाई काठमाण्डूबाट १ लाख माथीको सहयोग आज एक कार्यक्रमका बिच प्रदान गरिएको छ । घट्टेकुलोस्थित सामुदायीक समाजको हलमा आयोजित कार्यकममा बोल्दै बागमति प्रदेश अन्तर्गत काठमाण्डौं क्षेत्र नं १ का प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठले हस्तान्तरण ग़र्नुभयों ।
शःव बहान खरिद गरनका लागि जोईनट युथ हेण्ड सोसाइटीलाई काठमाण्डाैंबाट रू. १ लाख माथिको सहयोग प्रदान गरिएसँगै शःव वाहन खरीदको काठमाडौं अभियान शुरूवात भएकाे छ ।
प्रदेश ३ काठमाडौं क्षेत्र नं १ का माननीय दिपेन्द्र श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यता, जोइन्ट हेन्ड युथ सोसाइटी काठमाडौंका सम्योजक श्री प्रवीण निरौलाको ज्यू सम्योजकत्व र सस्थाका अध्यक्ष श्री संन्जिल प्रसाईंको ज्यू सभापतित्वमा झापा स्थायी घर भई हाल काठमाडौं उपत्यकामा रहनुभएका एवं काठमाडौं उपत्यकाबासीहरूको उल्लेखनीय सहभागितामा भब्यताका साथ कार्यक्रम सम्पन्न भयो ।
भिडियो हेर्नुस्ः