Friday, April 16, 2021
Home > भिडियो > कञ्चनपुरमा राति सुतेकै बेला श्रीमान र श्रीमतीको यस्तो रहस्यमय ह:त्या, घटनास्थलमा देखियो यस्तो बिजोग (भिडियो हेर्नुस्)

कञ्चनपुरमा राति सुतेकै बेला श्रीमान र श्रीमतीको यस्तो रहस्यमय ह:त्या, घटनास्थलमा देखियो यस्तो बिजोग (भिडियो हेर्नुस्)

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा श्रीमान–श्रीमतीको ‘रहस्यमय’ ह’त्या भएको छ । बिहीबार दिउँसो ५० वर्षीय श्रीमान जयलाल भण्डारी र २० वर्षीया धना भण्डारीको आफ्नै घरमा ह”’त्या भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर सुरज कार्कीले जानकारी दिए। ‘श्रीमान श्रीमतीको ह”त्या भएको देखिएको छ, घटनास्थलमा र”’गत’ देखिएको छ,’ इन्स्पेक्टरले कार्कीले भने, ‘हतियार अहिलेसम्म फेला परेको छैन अनुसन्धान गर्दैछौं।’

‘ह”’त्या गरिएकी धना भण्डारीकी फुपूकी छोरीले घरमा दुध पुर्‍याउने गर्थिन्। दूध पुर्‍याउने क्रममा फुपूकी छोरीले ढलिरहेको देखेपछि आफ्नी आमालाई खबर गरेकी थिइन्। लगत्तै प्रहरीलाई घटनाबारे जानकारी गराइएको थियो। भण्डारीले पहिलो श्रीमतीको निधनपछि दुई वर्ष अगाडि धनादेवीसँग दोस्रो बिहे गरेका थिए। पहिलो श्रीमतीबाट ७ वर्षको एक बच्चा रहेको प्रहरीले जनाएको छ।

श्रीमान र श्रीमती दुवैको मृ’त भेटिएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ। शुक्लाफाँटा नगरपालिका-११ स्थित आफ्नै घरको भान्सा कोठामा श्रीमती र कोठाको पलङमा श्रीमानको ‘मृ”त श”व भेटिएको प्रहरीले जनाएको छ। घटनास्थलमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भिडियोः

Leave a Reply