Friday, April 16, 2021
Home > अन्तराष्ट्रिय > केटा नपाएपछि युवतीहरुले गरे विवाहका लागि सामूहिक अपिल

केटा नपाएपछि युवतीहरुले गरे विवाहका लागि सामूहिक अपिल

एजेन्सी, ब्राजिल । विश्व समाजमा परिवार, विवाहवारी तथा विभिन्न काण्डहरूले बेला बेला अनेक रूप लिने गर्छ । यतिबेला ब्राजिलमा विवाहका लागि केटा नपाएपछि युवतीहरुले सामूहिक रुपमा अपील गरेका छन् । उमेर ढल्कँदै जान थालेपछि चिन्तित बनेका ब्राजिलको नोइभा डो कोर्डेरियो सहरका युवतीहरुले विवाहका लागि सामूहिक अपील गरेका हुन् । उक्त सहरमा एक जना पनि अविवाहित पुरुष छैनन् भने सोही सहरमा ६ सय जना अविवाहित महिला छन् ।

अविवाहित युवतीमध्ये अधिकांश ३५ वर्ष मुनीका रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ती युवतीहरुले अविवाहित केटाहरुलाई आफूसँग वैवाहिक सम्बन्ध गाँस्न अनुरोध गरेका हुन् । फेरि यतिबेला ब्राजिलमा उमेर ढल्कँदै जान थालेपछि चिन्तित बनेका ब्राजिलको नोइभा डो कोर्डेरियो सहरका युवतीहरुले विवाहका लागि सामूहिक अपील गरेका हुन् ।

यी हुन् विश्वकै लामो खुट्टा भएकि महिला

एजेन्सी । एकाटेरिना भिक्टोरोभ्ना लिसिना विश्वकै लामो खुट्टा भएकी महिला हुन्। उनी एक रूसी मोडल तथा पूर्व बास्केटबल खेलाडी पनि हुन्। गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उनले दुई विधामा आफ्नो नाम दर्ता गराएकी छिन्। उनले सबैभन्दा लामो खुट्टा भएकी महिला र अग्लो उचाइ भएकी व्यवसायिक मोडलमा आफ्नो नाम दर्ता गराएकी हुन्।

लिसिनाको उचाइ २ दशमलब शुन्य छ मिटर अर्थात् ६ फिट ९ इन्च रहेको छ। सन् २००८मा उनले बास्केटबल खेलमा ओलम्पिकमा ब्रोन्ज मेडल समेत हात पार्न सफल भएकी थिइन्। सन् २०१४मा खेल जीवनबाट राजीनामा दिएर उनि मोडलिङ क्षेत्रमा प्रवेश गरेकी हुन्। उनी “विश्वको सबभन्दा अग्लो मोडलिङ’ एजेन्सीको संस्थापक पनि हुन्।

लिसिनाले धर्म परिवर्तन गर्दै हिन्दु धर्ममा प्रवेश गरेकी हुन् भने उनी देवी लक्ष्मीको ठुलो भक्त हुन्। धर्म परिवर्तन गरेसँगै उनी साकाहारी भोजनलाई प्राथमिकता दिन्छिन्। हरेक दिन उनी ध्यान अभ्यास गर्छिन्।

Leave a Reply