Saturday, April 17, 2021
Home > भिडियो > बच्चा बोकेकी हेमा माथि डन्डा बर्साउने प्रहरी निरिक्षकका चौतर्फी आलोचित, हेर्नुहोस् भिडियो

बच्चा बोकेकी हेमा माथि डन्डा बर्साउने प्रहरी निरिक्षकका चौतर्फी आलोचित, हेर्नुहोस् भिडियो

ललितपुर । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ परिच्छेद २ मा कुनै महिलालाई प क्राउ गर्नुपरेमा यथासम्भव महिला प्रहरीद्वारा मात्र पक्राउ गर्नुपर्ने भनिएको छ । तर ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि जम्मा भएका महिलाहरुलाई प्रहरीका इन्सपेक्टरले नै कु*टीरहेका छन् । त्यो पनि सानो नानी काखमा समातिरहेकी महिलालाई । तस्विरमा देखिएको र माथि उल्लेख गरिएको दृश्य हो ललितपुरको भैंसेपाटीको ।

जहाँ एक महिला चार महिनादेखि पूर्वजर्नेल हेम खत्रीको घरअगाडि धनर्मामा बसिरहेकी थइन् ।अघिल्ला दिनहरु जसरी नै ति महिलाले अन्य केही महिलाहरु भेला पारेर हेम खत्रीको घर अगाडी जम्मा भएपछि उनले प्रहरीलाई खबर गरे । दलबल सहित हेम खत्रीको घर पुगेको प्रहरीको टोलीले त्यहाँ भएका महिलाहरुलाई बल प्रयोग गरेर धपाउन खोज्यो ।

महिलाहरुले टेरेनन् । नटेरेपछि पुरुष प्रहरीले नै त्यहाँका महिलाहरुमाथी बल प्रयोग गरिरहेको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ । इन्स्पेक्टर देवीप्रसाद पौडेलले महिला प्रहरीहरु हुँदा हुँदै आँफैले लाठी चार्ज गरिरहेको उक्त भिडियोमा देख्न सकिन्छ । जुन कानुनन बर्जित हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ परिच्छेद २ मा महिला प्रहरी नभएको अवस्थामा महिलाको संवेदनशिलतामा कुनै आँच नआउनेगरी मात्र उनीहरुलाई पक्राउ गर्न सक्ने उल्लेख भएपनि प्रहरीले नानी समातेकी महिलालाई कुट्नु ज्यादती हो ।

बिहीबारको घटना हुँदा महिला प्रहरी घटनास्थलमै हुँदा हुँदै प्रहरीले किन दुब्र्यबहार गर्यो भन्ने प्रश्नमा ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले महिलाहरूले घरमा तोडफोड गर्न थालेपछि प्रहरीले भीड नियन्त्रण गर्नका लागी बल प्रयोग गरेको जनाए पनि भिडियो र घटनास्थलमा खिचिएका तस्विरले भने फरक कुरा बताइरहेका छन् ।

भिडियो हेर्नुसः

Leave a Reply