Wednesday, November 30, 2022
Home > समाचार > मेयरको विवादास्पद अभिव्यक्तिले यसरी अागोमै जल्न थाल्यो धनगढी

मेयरको विवादास्पद अभिव्यक्तिले यसरी अागोमै जल्न थाल्यो धनगढी

धनगढी उपमहानगरपालिक प्रमुख नृपबहादुर वडले प्रदेश राजधानी धनगढी कायम नबनाए प्रदेश सदस्यलाई आगो लगाएर जलाउने अभिव्यक्ति दिएका छन् । उनले धनगढीबाट राजधानी अन्यत्र सार्ने निर्णय भएको २४ घण्टाभित्र सांसदलाई चेतावनी दिएको हुन् । राजधानी धनगढी नभएको विरोधमा कांग्रेस कार्यकर्ताले प्रदेश सभा अगाडि गरेको प्रदर्शनका क्रममा उनले भने, ‘राजधानी अन्यत्र सारेको २४ घण्टाभित्र यिनीहरु धनगढी छोड्नुपर्छ ।

यिनीहरुलाई धनगढी बस्ने नैतिकता छैन । हैन भने यिनीहरु जहाँ बसेका छन् त्यहाँ तोडफोड हुने मात्र होइन, जलाएर हिड्न सक्ने परिस्थिती बन्छ ।’ प्रदेश सभा र सांसदहरु वन माफिया र तस्करबाट बिक्री भएका आरोप मेयर वडले लगाएका छन् । उनले प्रदेश राजधानी सार्नेविरुद्ध आन्दोलन जारी रहने बताए । ‘आन्दोलन जारी राख्ने मात्र होइन, जलाएर मारिन्छ । यिनीहरुले १७ हजार मान्छे मारे भने हामी यिनीलाई मारिदिने परिस्थिति बन्छ ।’ कांग्रेस धनगढीका नगर सभापतिसमेत रहेका मेयर वडले भने, ‘दुई तिहाइको दम्भमा पूर्वाग्रही निर्णय हुँदैछ ।’

प्रदेशको नामाङ्कन र स्थायी राजधानी निर्धारण गर्न संसदद्वारा गठित विशेष सुझाव समितिले राजधानीका लागि धनगढी सिफारिस नगरेको भन्दै कांग्रेसका कार्यकर्ताहरुले प्रदेश सभा भवनअगाडि प्रदर्शन गरेका थिए । संसदभित्र प्रदेश नाम र राजधानीका विषयमा छलफल भइरहदा संसद् भवनको मुल गेटमा टायर बालेर प्रदर्शन गरेका कांग्रेस नेता, कार्यकर्ताहरुले प्रदेश सरकार, संसदीय समिति र प्रदेश सभा विरुद्ध नाराबाजी गरे ।

जंगल मासेर राजधानी बनाउन उपयुक्त नभएकाले धनगढीलाई नै राजधानी बनाइनु पर्ने आन्दोलनको अगुवाइ गरिरहेका हरि रेग्मीले बताए । राजधानी धनगढी कायम नगरिए आन्दोलनलाई चर्काइने चेतावनी आन्दोलनकारीले दिएका छन् ।

Leave a Reply