Friday, April 16, 2021
Home > समाचार > नेपाल बिद्दयुत प्राधिकरणले गरेको लापर्वाहीका कारण एक युवतीले ज्या’न गुमाइन्

नेपाल बिद्दयुत प्राधिकरणले गरेको लापर्वाहीका कारण एक युवतीले ज्या’न गुमाइन्

नेपाल बिद्दयुत प्राधिकरणले गरेको लापर्वाहीका कारण एक युवतीले ज्या’न गु’माएकी छिन् । मालिका -१, नेटा निवासी २० बर्सिय विनिता बि.क.को नि’धन भएको हो । सामाजिक सञ्जालमा लेखिएको एक स्टाटस मार्फत उक्त दुःखद घ’टनाको बारेमा जनाईएको छ । नेपाल बिद्दयुत प्राधिकरणको लापर्वाहीले बहिनि विनिता बि.क.ले ज्या’न गु’माउनु परेको भन्दै यस्तो मा’र्मिक स्टाटस लेखिएको छ ।”अलविदा बहिनी (विनिता बि.क.) !

तिम्रो स्वर्गमा वास होस्, तिम्रो आत्माले शान्ति पाओस्, तिम्रो सपना साकार पार्नको लागि तिम्रो यस धर्तीमा पूनर्जन्म होस् । तिम्रो दु:खद अवसानले मालिका -१, नेटा मात्र होइन छिमेकी वडाहरु समेत स्तव्ध भएका छन्। साथीभाई, नातागोता, इष्टमित्र, छिमेकी, तिम्रो पूर्व र वर्तमान विद्दयालयका गुरु बिद्दयार्थी साथीहरु मान्यजनहरु, विभिन्न विधामा काम गर्नु हुने महानुभावहरू भाव विभल हुनु भएको छ।

तिमि जस्तो मेहनेती, मिजासिलो, अनुशासित, जेहन्दार, सहयोगी, शाहसी युवा पाउन हामीलाई धेरै कालखण्ड कुर्नु पर्ने हुन्छ। अन्तमा शो’क सन्तप्त परिवारजनप्रति ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक समवेदना प्रकट गर्दै विकासको नाममा नेपाल बिद्दयुत प्राधिकरणले यस्तो लापर्वाही पुन: नगरोस् र हाल भएको गल्तिको निस्पक्ष रुपमा छानबिन गरि दो’षीमाथि कारवाही गरियोास् भन्दै नेपाल सरकार समक्ष निबेदन गर्दछु।”

Leave a Reply