Thursday, April 15, 2021
Home > अपराध > मोरङ आत्मह’त्या प्रकरणकाे खुल्यो रहस्य! यस कारण प्रितिले गरेकि रहेछिन आत्मह’त्या! हेर्नुस्

मोरङ आत्मह’त्या प्रकरणकाे खुल्यो रहस्य! यस कारण प्रितिले गरेकि रहेछिन आत्मह’त्या! हेर्नुस्

मोरङ । प्रेमको नाटक गरी नजिकिएका युवाले आफुहरु बिचको यौ’न सम्बन्धलाई भिडियो बनाएर ब्ल्याकमेलिङ शुरु गरेपछि मोरङको सुन्दरहरैचाकी एक बिवाहित महिला आत्माह’त्या गर्न बिवश भईन । ईलाका प्रहरी कार्यालय बेलबारीले आत्मह’त्या गर्न दुरुत्साहन गरेको भन्दै दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा ६ बस्ने वर्ष १९ कि संजिता निरौला र सुन्दरहरैचा ४ बस्ने ऋषिषिराम भट्टराई रहेका छन ।

नियन्त्रणमा लिएका व्यक्तिहरुलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो । २०७६ फाल्गुन ०८ गते दिउँसो ३ बजे सुन्दरहरैचा ५ गौसला घर भएकी गुरुप्रसाद अधिकारीको श्रीमती वर्ष १९ कि प्रीती तिम्सिना ( अधिकारी ) लाई सलको पासो लगाई झु’न्डिएको अवस्थामा मृ’त फेला परेको थियो । घटनामा अनुसन्धान गर्दा बेलबारी प्रहरीले मृ’तकको साथबाट घटना स्थलमा सु’साइड नोट र मृ’तकले प्रयोग गर्ने मोबाइल फोन फेला पारेको थियो ।

उक्त सु’साइड नोटमा dazzling queen फेसबुक आईडी प्रयोग गर्ने दिपा नाम गरेको केटीले नकारात्मक गो’प्य फोटो पोस्ट गरिदिने भन्दै ब्लाक मेल गरि पटक पटक पैसा असुल्ने गरेको र सोही दिन समेत पैसा मागेकोमा पैसा नभएको कारणले आत्मह’त्या गर्नु परेको भनी लेखिएको छ । प्रहरीले उक्त सु’साइड नोट र मोबाइल फोनको आधारमा dazzling queen फेसबुक आइडी प्रयोग गर्ने दिपा भनिने ऋषिराम भट्टराई भएको र इटहरी स्थित गोर्खा डिपार्टमेन्ट अगाडि पटक पटक पैसा लिन संजिता निरौला गएको भन्ने अनुसन्धानमा खुलेको ईलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर गुणराज बुढाथोकीले बताए ।

इन्स्पेक्टर बुढाथोकीका अनुसार अहिले सम्म आरोपित व्यक्तिले कति रकम लिएको भन्ने नखुलेको तर धेरै पटक रकम लिएको अनुसन्धानबाट देखिएको बताएका छन् ।पक्राउ परेका उक्त व्यक्तीहरु माथी म्याद थप गरि थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

यता प्रहरीको नियन्त्रणमा भएकी संजिता लुइटेलले आफुलाई ऋषिराम भट्टराईले भारतमा सञ्चालन हुँदै आएको र नेपालमा पनि सक्रीय रहेको अवैध नेटवर्किङ विजनेस ओरियन्समा लगाईदिने वहानामा मृ’तक प्रीती तिम्सिना ( अधिकारी ) बाट पैसा लिनु छ त्यहाबाट पैसा लिएर आइदिनु भनेर आफू गएको बताएकी छिन । प्रहरी नियन्त्रणमा रहेकी लुइटेलका अनुसार घटनाको आरोपित भट्टराई नेटवर्किङ विजनेस ओरियनसमा सकृय रहेको र आफुलाई पनि लाग्न लोभ देखाएको बताएकी छिन ।

Leave a Reply