Sunday, July 11, 2021
Home > भिडियो > जाँडकाे तालमा १० बर्षिया बालिका श्रृयाकाे बलात्कार पछि हत्या गर्नेलार्इ यसरी सार्वजनिक गरियो

जाँडकाे तालमा १० बर्षिया बालिका श्रृयाकाे बलात्कार पछि हत्या गर्नेलार्इ यसरी सार्वजनिक गरियो

रक्सी पिएर १० वर्षीया बालिकालाई ५ र १० रुपैयाँ दिदैँ बलात्कार गर्ने खोज्दा नमानेपछि झाडीमा लगेर ढुङ्गाले हानि हत्या गर्ने यहि हो । यस्तो दानवलाई के भन्नु हुन्छ ? दूई शब्द जाओस् | बिस्कुट किन्न भनेर हिँडेकी श्रेयालाई पौडेल शुरुमा पाँच रुपैयाँ दिएर फकाएका थिए । उनले नमानेपछि १० रुपैयाँ दिएर बलात्कार गर्न खाेजेका थिए । बालिकाले प्रतिकार गरेपछि पानी ट्यांकीमुनि झाडीमा धकेलिदिएका थिए ।

बालिका झाडीमा खसेपछि त्यही गएर फेरि बलात्कार गर्न खोज्दा बालिका चिच्याएपछि दुवै हातले घाँटी थिचेका थिए । बालिका बेहोस भएपछि मृत्यु भएको ठानेर पौडेलले ढुंगाले अनुहार र टाउकोमा हानेर हत्या गरेकाे कास्की प्रहरीले जनाएकाे छ ।

बालिकाको हत्यापछि उनी पुनः भट्टीमा पुगेका थिए । श्रेया सोमबार विद्यालयबाट फर्कनेबित्तिकै बिस्कुट किन्न पसल गएकी थिइन् तर, त्यही बेला मदिराले लठ्ठ भएका पौडेलले बलात्कार प्रयास गरी हत्या गरेको खुलेको छ । बालिका साँझ अवेरसम्म पनि घर नआएपछि परिवारको सदस्यले खोजि गर्दा पनि भेटेका थिएनन् । तर श्रेया मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन् ।

Leave a Reply

error: Please Dont Copy My Content!! !!