प्रजातन्त्र दिवसको अवसरमा श्री जनजागरण समूह हरिनास ६, गैह्राखोलाद्वारा आयोजित साविकको वडा स्तरिय खुल्ला पुरूष भलिबल प्रतियोगिता हरिनास गाउँपालिका ७ कि अध्यक्ष केशमाया थापा जासिकाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रमको औपचारिक उद्घाटन ब्यानर बाचन प्रमुख अतिथि केशमाया थापाले गर्नभएको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथि डुमनारायण मानन्धर, तथा अतिथिहरूमा क्षेत्रिय एम्पायर सुरेश आले, अरूण आले, समाजसेवी समनारायण मानन्धर, तिलबहादुर थापा, गोविन्द मानन्धर लगायत सैयौको सँख्यामा उपस्थिति बिच खेल सम्पन्न भयो । कार्यक्रममा ज्ञात अज्ञात सहिदहरूको स्मरणमा मौन धारण गरिएको थियो ।
कार्यक्रममा फौनारायण मानन्धरबाट स्वागत मन्तव्य राखिएको थियो भने कार्यक्रममा प्रमुख अतिथि थापाले आफ्नो धारणा राख्ने क्रममा गाउँ गाउँमा सिँहदरबार भन्ने मुल नाराका साथ हामी अगाडि बढिरहेका छौ । फाल्गुण २० गतेदेखि हुन गइरहेको अध्यक्ष कप भलिबल प्रतियोगिताका लागि जनजागरण समूहले राखियो यस प्रतियोगिताले खेलाडी छनौटका लागि मौका मिलेको जानकारी दिनुभयो । हामी विकासको काममा कति पनि कञ्जुस्याइ गर्ने छैनौ, हामी जनप्रतिनिधिहरूले विकास निर्माणका लागि सकेको काम गर्दै जान्छौ । हाम्रो काम कहाँ के कति भइरहेको छ जनताले पनि अवलोकन गरि हाम्रा कमिकमजोरी औल्याइदिनु होला भन्नु भएको थियो । हामी विस्तारै विकास निर्माणमा अगाडि बढिरहेका छौ, आमा समूहको भवन निर्माण, युवाहरूका लागि खेल मैदानके साथमा छेउमा तारजाली, कृषिका लागि कुलो निर्माण हुदै अहिले सडक निर्माण तर्फ गइरहेको जानिकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै यस प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने खेलाडीहरूलाई धन्यवाद दिदै हामी यहि ग्राउण्डबाटै भोलि राष्ट्रिय, अन्तराष्ट्रिय खेलाडी बन्न सक्छौ, खेलाडी भाईहरू अझै प्रगति गरेर अगाडि बढ्न शुभकामना दिनुभयो ।
फाल्गुण ७ गतेदेखि ११ गतेसम्म हुने भनिएको प्रतियोगिता आकाशे पानीका कारण १२ गते समापन भएको थियो भने समापनको दिन दर्शकहरूलाई समूहले नाच देखाएर रमाईलो गराएका थियत्र । भलिबल खेलमा प्रथम घुर्लिचौर, द्वितिय आयोजक र तृतिय दार्सिङ भएका थिए भने क्रमशः रू.३५०००।-, रू. २५०००।– र रू. १५०००।– सहित सिल्ड मेडल र प्रमाणपत्र हात पारेका थिए भने मुख्य एम्पायमा क्षत्रिय एम्पायर सुरेश आले थिए भने सहयोगीमा अरूण आले रहेका थिए ।
प्रथम पुरस्कार हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरको ब्यक्तिगत तर्फबाट, द्वितिय पुरस्कार कुवेतबाट गैराखोलाका युवा भाइहरूले र तृतिय पुरस्कार उदय मानन्धर हाल मकाउबाट स्पन्सर गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन समूकि अध्यक्ष बसन्ती मानन्धरले गर्नुभएको थियो ।