Friday, April 16, 2021
Home > भिडियो > ७० करोडकाे मात्र होइन लेखा समितिमा साढे पाँच अर्बको मुद्धा उठाएको छु: मिश्र (हेर्नुस् भिडियो)

७० करोडकाे मात्र होइन लेखा समितिमा साढे पाँच अर्बको मुद्धा उठाएको छु: मिश्र (हेर्नुस् भिडियो)

अडियो रेकर्ड सत्य हो । लेखा समितिमा मुद्दा परिसकेको थियो । लेखासमितिले फागुन ११ गतेको बैठक ८ गते सारेको थियो । त्यसपछि मैंले मेरो मुद्दा ओझेलमा पर्ने देखेर सार्वजनिक गर्ने निर्णय गरें । अडियो केही साथीहरुलाई दिएको हुँ । म भ्रष्टाचारमुक्त देशको पक्षमा छु । राज्यलाई भ्रष्टाचारमुक्त बनाउन आवश्यक सहयोगका लागि तयार छु । प्रिन्टिङ प्रेस खरिदमा मन्त्री संलग्न हो । यो आइसकेको छ ।यसबारे सीआइबीलाई पत्र लेख्नु युक्तिसंगत मान्दिनँ ।

छानविनको दायरामा आइसकेको छ । छानविनका लागि सहयोग गर्न तयार छु । म भूमिगत हुन्नँ । सामान्य रुपमा हिंड्छु । यसमा करोड होइन अरबौंको कुरा छ । यसका पछाडि धेरै विषयहरु जान्न जरुरी छ । पृष्ठभूमीहरु बुझ्नुपर्छ । एमाआरपी फ्रान्सको कम्पनि ओभरथ्रोले छाप्ने टुंगो लागेको थियो । त्यसबखत यसको प्रतिनिधि फ्लोरेन पाकोलेन हुन् ।

एमआरपी छाप्ने टुंगो लाग्दा विकल पौडेल पासपोर्ट डिभिजनमा नेपाल सरकारको टेक्निकल अफिसर थिए । पछि सुरक्षा मुद्रणमा कार्यकारी निर्देशक भएर गए । पाकोलेन जर्मन कम्पनिमा गए । जर्मनको भेडस कम्पनिको सहयोग लिएर रिपोर्ट तयार गर्न थाल्नुभयो । मूल्यांकनमा आठ देखि १० अर्ब वृद्धि गर्नुभयो । होल सोलुसनका लागि वृद्धि गर्नुभयो ।

पछि हाफ सोलुसनको निर्णयमा जानुभयो । रिपोर्ट तयार गरी सञ्चार मन्त्रालयमा पेश गर्नुभयो । मन्त्रालयमा विभिन्न कार्यदल बनेको छ । सहसचिव, सचिव र मन्त्रीको नेतृत्वमा कार्यदल बनाउनुभएको छ दुईपटक यसलाई मन्त्रिपरिषदले पारित गरेको अवस्था छ । छानविनको विषय लेखासमिति र सांसदज्यूहरुको छ ।

स्पेशिफिकेशनमा गलत तरिकाले ल्याउने, स्टडी रिपोर्टमा मूल्य वृद्धि गरेर ल्याउने कार्य भयो । साँढे पाँच अर्ब रुपैयाँ भ्रष्टाचार भएको छ । प्रिन्टिङ प्रेस खरिद प्रकरणमा स्वीटजरल्यान्ड सरकार र कम्पनिको कुनै संलग्नता छैन । कम्पनिको एजेन्डा थियो तर एजेन्डा छाडेर गइसकेको छ ।
भिडियोः

Leave a Reply