Tuesday, April 20, 2021
Home > मनोरञ्जन > पशुपति क्षेत्रमा भक्तजनलाई पानी वितरण गदैँ ”मेरो दिल छ पोखरा” युनिट

पशुपति क्षेत्रमा भक्तजनलाई पानी वितरण गदैँ ”मेरो दिल छ पोखरा” युनिट

फाल्गुण १०, काठमान्डौँ , फागुन १०हिन्दुहरुको महान पर्व महाशिव रात्रीको अवसरमा नेपाली कथानक चलचित्र मेरो दिल छ पोखरामा युनिटले आज पशुपती क्षेत्रमा खानेपानी वितरण गरेको छ । शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखरामा युनिटले महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथ परिसरको गौशाला मा खानेपानी बितरणको आयोजना गरेको छ ।

उक्त कार्यक्रम मा कलाकार गंगाा कुवँर, नायक रोशन बिसि, नृत्य निर्देशक राजन महर्जन ,निर्देशक शंकर अधिकारी घायल ,कला राई, नायक राजु पौड्याल , कलाकार हेमलता घिमिरे, गायिका नित्याशिवा सहितको युनिटले पानी बितरण गरेका छन ।

चलचित्र मेरो दिल छ पोखरामा को भोलि १० गते सिटिम्याकस सिनेमा भवनमा दिउँसो १२ बजे विशेष शो को आयोजना गरिने समेत जानकारी दिएको छ । चलचित्र मेरो दिल छ पोखरामा को भोलि १० गते सिटिम्याकस सिनेमा भवनमा दिउँसो १२ बजे विशेष शो को आयोजना गरिने समेत जानकारी दिएको छ ।

प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघ सडकमा

काठमाडौं, ९ फागुन । शान्तिपूर्ण प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै नेपाल विद्यार्थी संघले आज काठमाडौंमा अर्को प्रदर्शन गरेको छ । प्रहरीले हिजो प्रदर्शनका क्रममा नेविसंघका नेता तथा कार्यकर्ताहरुमाथि दमन गरेको छ। एक दर्जनभन्दा बढि नेता तथा कार्यकर्ताहरु घा,ई,ते भएका थिए । सो को वि,रोध,,मा आज नेविसंघले प्रदर्शन गरेको हो ।

हाम्रा सहकर्मी ईश्वर कार्कीकाअनुसार काठमाडौंको प्रदर्शनीमार्गमा आज दिउँसो प्रदर्शन गरेको हो । वाल्मीकि विद्या पीठबाट निस्किएको जु,लु,स राष्ट्रियसभा भवन नजिकै पुगेर पुनः वाल्मीकिमै पुगेर कोणसभा गरिएको थियो ।

कोणसभामा प्रधानमन्त्री केपी ओलीको राजीनामासँगै निवर्तमान मन्त्री बस्कोटालाई कानुनी का,र,बा,ही,को माग गरिएको छ । नेविसंघले प्रदर्शनका क्रममा ’नेकपाको छोरोले, करोड मा,ग्यो मोरोले’, ’गोकुलसँगै सिकेछ, केपी ओली बिकेछ’, जस्ता ना,रा लगाइएका थिए ।तस्विर तथा भिडियो : ईश्वर कार्की, रिपोर्टर्स नेपाल डटकम ।

Leave a Reply