Saturday, April 17, 2021
Home > समाचार > बेलुकिपख पोखरामा कार दुर्घटना हुँदा एक महिलाकाे अकालमै ज्यान गयो!

बेलुकिपख पोखरामा कार दुर्घटना हुँदा एक महिलाकाे अकालमै ज्यान गयो!

फाल्गुण ०९, कास्की- पोखरामा आज साँझ भएको सडक दु,र्घ,ट,ना,मा परी एक महिलाको अकालमै ज्यान गएको छ भने तीन जना घा,इ,ते भएका छन् । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीको शान्तिस्तुपाबाट पोखरातर्फ आउँदै गरेको ग २ च ७७६३ नं को कार छोरेपाटन नजिकै राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा पोखरा–१७ बेलघारी बस्ने वर्ष २१ का जमुना क्षेत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा तनहुँ बन्दीपुर घर भई हाल पोखरा–१७ छोरेपाटन बस्ने वर्ष २१ का बिना थापामगर तथा उनका छोरा अन्दाजी तीन वर्षका अनिस थापामगर र मृ,त,क महिलाको छोरी घा,इ,ते भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए ।क्षेत्रीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।दुर्घटनालगत्तै घाइतेलाई स्थानीयवासीले उद्धार गरी नजिकैको अस्पताल पुर्‍याएका थिए ।

यो पनि सुदूरपश्चिमका पहाडी जिल्लामा छैटौंपटक हिमपात

डोटी– बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा आज बिहानदेखि हिमपात शुरु भएको छ । योसहित यहाँका पहाडी जिल्लामा छैटौँपटक हिमपात भएको हो ।सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै शुक्रबार बिहानदेखि हिमपात शुरु भएको खप्तडमा तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ ।

गत माघ २० गते परेको हिउँ पग्लिन नपाउँदै फेरि आज हिमपात भएपछि जनजीवन प्रभावित बनेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा शुक्रबार बिहानदेखि फेरि हिमपात शुरु भएको बताइएको छ । खप्तडस्थित झिग्राना, पानीखाल, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेको छ ।

नेपालमा दुर्घटना बढ्नुमा चालकको लापरबाही र असुरक्षित सडकः विश्व बैंक (रिपोर्ट सहित)

काठमाडौं- विश्व बैंकले नेपालमा दुर्घटना बढ्नुमा चालकको लापरबाही र असुरक्षित सडक भएको जनाएको छ । विश्व बैंकले एक रिपोर्ट सार्वजनिक गर्दै सुरक्षित सडक निर्माणको लागि एक खर्ब रूपैयाँ (८७९ लाख अमेरिकी डलर) लगानी गर्नुपर्ने जनाएको छ । उसले सुरक्षित सडक निर्माण हुन नसक्दा हरेक वर्षेनी दुर्घटनाको जोखिम बढ्ने गरेको रिपोर्टमा उल्लेख गरेको छ । सन् २०१७-१८ मा नेपालमा प्रति एक लाख जनसंख्यामा ८.५९ प्रतिशतले सडक दुर्घटनामा ज्यान गुमाएको प्रतिवेदनमा जनाइएको छ ।

नेपालमा सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत मानिस २६ वर्ष मुनिका रहेको र कूल दुर्घटनामध्ये ६० प्रतिशत सवारी चालकको लापरवाहीले हुने गरेको प्रतिवेदनमा जनाइएको छ । विश्व बैंकले स्वीडेनको स्टक होममा आयोजना गरेको सडक तथा यातायात मन्त्रीहरू सम्मिलित विश्वस्तरीय तेस्रो कन्फ्रेन्समा ‘रोड सेफ्टिी इन साउथ एसियाः अपरच्युनिटिज् फर शेयर्ड रिजनल इनिसियटिभ्स’ प्रतिवेदन सार्वजनिक गरेको हो ।

उक्त प्रतिवेदनमा भुटान, बङ्गलादेश, भारत र नेपालमा सडक सुरक्षाको अवस्था चिन्ताजनक रहेको उल्लेख गरिएको छ। विश्व बैंकले सार्वजनिक गरेको रिपोर्ट

Leave a Reply