Friday, April 16, 2021
Home > भिडियो > ‘सेन्टिभाइरस’ हेर्न ट्याक्सी चालकको हलमा भीड, लगाए जय धुर्मुस-सुन्तलीको नारा (भिडियो)

‘सेन्टिभाइरस’ हेर्न ट्याक्सी चालकको हलमा भीड, लगाए जय धुर्मुस-सुन्तलीको नारा (भिडियो)

काठमान्डौ ,धुर्मुस -सुन्तलीको निर्माण र अभिनयमा रहेको चलचित्र ‘सेन्टिभाइरस’ आज बाट रिलिज भएको छ। रामबाबु गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्र हेर्न बिहानै सयौ ट्याक्सी चालक हलमा पुगेका छन्। बिहान जय नेपाल हलमा ट्याक्सी सहित पुगेका चालकलाइ धन्यवाद दिन धुर्मुस-सुन्तली स्वयं हलमा पुगेका छन्। लामोसमयपछि अभिनयमा फर्किएका धुर्मुस-सुन्तलीको चलचित्र हेर्न आतुर रहेको ट्याक्सी चालकहरुले बताएका छन्।

सुबिहानी फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र आज शुक्रबारदेखि प्रदर्शनमा आएको हो । चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन। चलचित्रमा कुमार कट्टेल (जिग्री) र दिपक आचार्यको लेखन रहेको छ । चलचित्रको निर्मातामा डिन्डु लामा होल्मो रहेका छन भने सह-निर्मातामा फुर्पा लामा रहेका छन।

कमेडी जनरामा बनेको चलचित्रमा सिताराम र कुञ्जनासँगै दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ। चलचित्रलाई शैलेन्द्र डि कार्कीले खिचेका हुन।चलचित्रमा राजनराज शिवाकोटी र कालिप्रसाद वास्कोटाको संगीत रहेको छ।

चलचित्रबाट आएको मुनाफाको ५० प्रतिशत रंगशाला निर्माणमा खर्च गरिने बताइएको छ। यसै चलचित्रबाट कुन्जनाले अभिनेत्री बन्ने सानैदेखिको रहर पूरा गरेकी छिन। हास्य विधाबाट दर्शकको मनमा वसेका धुर्मुस सुन्तली यतिबेला चितवनमा वन्न लागेको अन्तर्राष्ट्रिय गौतम बुद्ध क्रीकेट रंगशालाको निर्माणमा व्यस्त छन।

भिडियो

Leave a Reply