काठमान्डौ ,शुक्रबार बिहानैदेखि मौसममा आएको खराबीका कारण तीन वटा अन्तर्राष्ट्रिय र सयभन्दा बढी आन्तरिक उडानहरु होल्ड ढिलो र रद्द भएका छन् । कतारबाट काठमाडौं आएको कतार एयर, मलेसियाबाट आएको मालिन्दो र बैंककबाट आएको थाइ एयरलाइन्स होल्डमा परेका छन् ।त्यस्तै ओमानबाट आएको सलाम एयर आधा घण्टा होल्ड गरेपछि भारतको पटना डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
शुक्रबार बिहानैदेखि आन्तरिकतर्फका १२० वटा उडानहरु ढिलो र रद्द भइरहेका छन् । विमानस्थलका अनुसार बुद्ध, यती र सिम्रिक गरी तीन वटा वायुसेवाका माउन्टेन, पोखरा, तुम्लिङटार र भरतपुर गरी साढे एक बजेसम्ममा २५ वटा उडान रद्द भइसकेका छन् ।विमानस्थल कार्यालयका अनुसार केहीसमय होल्ड गरेर अवतरण हुनसक्ने भएकोले अहिलेपनि दुईवटा जहाज काठमाडौं वरीपरिकै आकासमा घुमिरहेका छन् ।
मौसमले गर्दा आन्तरिक उडानलाई भिजिबिलीटी कम भएको कारण ढिलो भइरहेको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए । उनका अनुसार मौसम खराब भएकोले केही ढिलो भएको हो ।बेलुकासम्ममा रद्द हुने उडान अझै थपिने जानकारी आन्तरिक विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
आज देशका यी स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने
पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी भेगका धेरैजसो स्थान र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भूभागका केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको र पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । भोलि देशभर आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानहरु र पश्चिमी पहाडका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।
आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम नौ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २० दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।रासस